भिडिओ

अस्पतालमा नर्ससँग छोरीले भनिन्- तपाईंको याद आइरहन्छ, भावुक आमाले हात फैल्याएर ‘एयर हग’ गरिन्

[कोरोनाभाइरको कारण चीनमा अहिलेसम्म ८१२ जनाको मृत्यु]

काठमाडाैँ । चीनमा कोरोनाभाइरसका विरामीलाई उपचार गरिरहेका मेडिकल स्टाफले कठिन परिस्थितिमा काम गर्नु परिरहेको छ । अस्पतालका डाक्टर, नर्स र अन्य स्टाफ कयौँ महिनाबाट आफ्नो घरमा छैनन् । परिवारका सदस्यलाई उनीहरु अस्पताल बाहिर भेट्छन, खाना या अन्य जरुरी चिज दिइरहेको देख्न सकिन्छ ।

यस्तै एक दृश्य हेनाा प्रान्तको झोकोयूमा देखिएको छ । यहाँ एक नर्सले जब उनको छोरीसँग भेट्न पूगिन, तब छोरीसँग गला मिलाउन पाइनन् । टाढैबाट दुबैगे ‘एयर हग’ गरे ।

यो दृश्य फेब्रुअरी ६ को हो तर यो भिडियो अहिले भाइरल बनेको छ । अस्पतालबाहिर एक नर्सलाई उनको छोरी खाना पुर्याउन पुगेकी थिइन् । दुबैले रुँदै अभिवादन गरे । दुबैले हावामा गला मिलाए । फेस मास्क लगाएकी छोरी आमालाई हेर्दै रोइरहेकी छन् । आमाले भने भाइरस समाप्त भएपछि फर्कने बताइरहेकी छन् । छोरीले भन्छिन, धेरै मिस गरिरहेकी छु ।

आमाले भनिन्— हामी राक्षसलाई समाप्त गर्नेछौँ

कुराकानीमा आमाले छोरीलाई भनिन्— ‘हिम्मत राख, हामी यो राक्षसलाई समाप्त पर्नेछौँ । म चाँडै घर आउने छु ।’ यो समयमा छोरी धेरै रोइन् । आमाले टिफीन उठाएर गइन् । यो भिडियो अधिक जनताले हेरेका छन् । याे भिडियाे युट्युवमा न्यू चाइना टिभीले सार्वजनिक गरेकाे छ । 

चीनमा अहिलेसम्म ८१२ जनाको मृत्यु

कोरोनाभाइरको कारणले चीनमा अहिलेसम्म ८१२ जनाको मृत्यु भइसकेको छ । रोगको केन्द्र वुहन पूर्णतया लक छ । १.१ करोडको जनसंख्या रहेको शहरमा बस, रेल, विमानस्थल रोकिएको छ । मानिसलाई बाहिर निस्कन पनि मनाही छ । चीनका ३१ मध्ये १९ प्रान्तमा आवतजावतमा रोकिएको छ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत