स्वास्थ्य

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढेर ७२२ पुग्यो, एक अमेरिकीको मृत्यु

  • एजेन्सी
  • २५ माघ शनिबार, २०७६ | १५:०४:०० मा प्रकाशित

काठमाडौँ । चीनमा महामारीको रुप लिएको कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढेर ७२२ पुगेको छ । कुल ३४ हजार ५ सय ४६ जनामा संक्रमण रहेको पुष्टि भएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा यो विषाणुका कारण शुक्रबार मात्र ८६ जनाको मृत्यु भएको छ । यसमा ८१ जना हुबेईं प्रान्त र त्यसको प्रान्तिय राजधानी वुहानमा भयो । यसको अलावा हिलान्गजियांगमा दुइ, बेइजिङ्ग, हेनान र गान्सुमा एक-एक व्यक्तिको मृत्यु भएको छ ।

चीन बाहेक अहिलेसम्म २७ भन्दा अधिक देशमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यही संक्रमणका कारण एक अमेरिकी नागरिकको मृत्यु भएको छ । अमेरिकी दूतावासले शनिवार यो जानकारी दिएको हो । ६० वर्षिया अमेरिकी नागरिककाे वुहानमा बिहिबार मृत्यु भएकाे थियाे ।
 

एजेन्सी

तपाईँको मत