जीवनशैली

माया यस्तो ! १७ वर्षदेखि मृत पत्नीको अवशेषसँगै, भन्छन्- नमरिन्जेल उनको साथ दिन्छु

हेनोइ, भियतनाम । भियतनामका ली वान १७ वर्षदेखि आफ्नो मृत पत्नीको अवशेषसँग बसेका छन् । वानले यो अवशेषको लागि प्लास्टरको एक स्टेच्यू बनाए र दैनिक यही स्टेच्यूसँग सुत्छन् । वानको यो स्टेच्यूलाई सबैभन्दा पहिला मानिसहरुलाई सन् २००९ मा थाहा भएको थियो तर उनीहरुले हावा कुरा मानेका थिए । तर विस्तारै विस्तारै उनको छिमेकी र नातेदारले यो कुराको विरोध जनाए ।

वानले आफ्नो पत्नीको अवशेष गाडिसकेपछि चिहान घरबाट निकालेर त्यसलाई स्टेच्यू बनाए । उनी भन्छन्— भलै मानिसहरु यो मूर्तिको विरोध गरुन तर उनी त्यसलाई छाड्न सक्दैनन् । वान दुइ वर्ष अघिदेखि व्हीलचेयरमा छन् । यसको वावजूद पनि हरेक रात आफ्नो पत्नीको मूर्ति सँगै उसको अवशेष राख्न भूल्दैनन् ।

वान दैनिक यो स्टेच्यूको कपडा बदल्छन र त्यसको मेकअप गर्दछन् । वान भन्छन्, ‘जब मेरो पत्नी जिउँदो थिइन तब उनले कहिल्यै राम्रो कपडा लगाइनन्, यसकारण अहिले म उनलाई सुन्दर कपडा लगाउँछु । म दिनमा दुइपटक राम्रा कपडा लगाइदिन्छु । म जान्दछु कि मानिसहरु मलाई पागल भन्छन किनकी म मृत शरीरलाई ध्यान दिन्छु । तर मलाई थाहा छ कि मेरी पत्नी जहिल्यै मसँगै छिन् । म मर्दासम्म उनको साथमा रहन्छु र उनको अवशेष पनि मेरो मृत्युसँगै बिलिन हुनेछ ।’

बच्चाले भनेको मानेनन्, पुलिसलाई पनि टेरेनन्
वानको विवाह सन् १९७५ मा भएको थियो र २८ वर्षसम्म खुसीपूर्ण जीवन बिताए । सन् २००३ मा उनको पत्नीले दुनियाँबाट विदा लिइन् । जुन समयमा उनको पत्नीको मृत्यु भएको थियो, वान अर्को शहरमा काम गर्दथे र जब उनी घर पुगे उनको पत्नीलाई गाडिसकिएको थियो । त्यसपछि बढी भन्दा बढी समय चिहान (कब्रस्थान) मा बिताउन थाले । उनले चिहान फोरे जसको उनका बच्चाहरुले विरोध गरे । आखिरमा वानले निर्णय लिए कि उनी चिहानमा नजाने, तर उनी यो कुरामा अडिग रहे कि पत्नीको अवशेषलाई अवश्य घर लाने ।

वानको जिद्धिले सबै विवस
उनको बच्चादेखि छिमेकि सबैले यो कुराको विरोध गरे । तर वानले आफ्नो जिद् छाडेनन् । छिमेकीले पुलिसलाई खबर गरे, अबशेषलाई चिहानमा पुर्याउन गरेको उनीहरुको प्रयास विफल रह्यो, वानले आफ्नो जिद्धि छाडेनन् । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत