कला

तानाजी भर्सेस छपाकः कसले कति कमाए ? अजयले भने- धन्यवाद

नयाँ दिल्ली । अजय देवगणको ‘तानाजी द अनसंग वारियर’ ले शुक्रबार भारतीय रुपैयाँ ९.५ करोड कमाएको छ । त्यसो त सो फिल्मले यो आठ दिनमा १२८.४१ करोड कमाएको हो ।

उता संगै प्रदर्शित ‘छपाक’ ले शुत्रबार ७५ लाख भारतीय रुपैयाँ कमाएको छ भने यो ८ दिनमा फिल्मले २९.१३ करोड कमाएको छ ।

बक्स अफिस इंडिया रिपोर्टका अनुसार फिल्मले दिल्ली एनसीआर, इस्ट पंजाब र वेस्ट बंगालमा राम्रो कमाई गरेन । फिल्मको सबैभन्दा महत्वपूर्ण कमाई महाराष्ट्र त्यसमा पनि मुंबईबाट भइरहेको छ ।

ट्रेड एनालिस्ट गिरिष जोहरले के फिल्मको कमाइमा दीपिकाको जेएनयू जाने कुराले फरक पारेको हो ? भन्ने प्रश्नको उत्तर दिँदै हिन्दुस्तान टाइम्सलाई भने, ‘होइन, मलाई यस्तो लाग्दैन । जुन शैलीकाे यो फिल्म छ, त्यस्तै परफर्म गरिरहेको छ ।’

अजयले फैन्सलाई भने— धन्यवाद

अजयले फिल्मको १०० करोड क्लबमा समावेश हुँदै फैन्सलाई धन्यवाद भनेका छन् । उनले ट्विटमार्फत भनेका छन्— तपाईं सबैलाई मनबाट धन्यवाद यसलाई यतिठूलो बनाइदिनु भएकोमा । म खुशी छु र आफैँलाई खुशकिस्मत मानेको छु तपाईं सबैको माया, भरोषा र सराहनाले । तानाजीलाई माया गर्नु भएकोमा शुक्रिया ।’ एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत