विश्व

“जलेको रुखमा नयाँ जीवन शुरु”

सिड्नी । अष्ट्रेलियाको जंगलमा अघिल्लो वर्ष सेप्टेम्बरबाट आगलागी सुरु भएको थियो । करिब ६३००० वर्ग किमी जमीनको पारिस्थितिक तन्त्र जलेल खरानी भयो । यसैबीच जलेको रुखबाट नयाँ विरुवाहरु देखिन थालेका छन् । विशेषज्ञका अनुसार, यो जंगलमा जीवन फर्कने संकेत हो । यो तस्वीर एक स्थानीय फोटोग्राफर मरे लोबेले खिचेका हुन् जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

लोबे न्यू साउथ वेल्सको सेन्ट्रल कास्ट स्थित कुलनुरामा आफ्नो घरको अवस्था बुझ्न गएका थिए । त्यहाँ डिसेम्बर महिनामा आगो फैलिएको थियो । उनले देखे, ‘भगवानले आफ्नो निर्माणको काम शुरु गरेका छन् । जलेका रुखबाट नयाँ हरियो पत्ता बाहिर निस्किरहेका छन् । तिनको रंग गुलावी जस्ता छन् । जमीनमा कयौँ साना बिरुवा निस्कन लागेका छन् ।’

अष्ट्रेलियामा आगलागीका कारण २८ जनाको मृत्यु भएको थियो । दुइ हजारभन्दा बढी घर जलेर खरानी भएका थिए भने ५० करोडभन्दा बढी जनावर र जीवजन्तु मरेका थिए । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत