विश्व

मस्जिदमा हिन्दु विवाह, बेहुलीलाई १० तोला सुन र ३ लाख ६० हजार रुपैयाँ पनि उपहार

केरल । केरलको एक मस्जिदमा १९ जनवरी हुन गइरहेको हिन्दु केटा-केटीको विवाह अहिले चर्चामा छ । यसको जिम्मा चेरुवल्लि मुस्लिम जमात समितिले उठाएको छ ।

समितिका सचिव नुजुमुद्दीन अलुमुट्टिलले भने, ‘केटीको परिवारको आर्थिक अवस्था राम्रो छैन । परिवारले जहिल्यै मद्यतको लागि अनुरोध गरेका थिए । यसपछि हामी अगाडि आयौँ ।’

यो विवाहको कार्ड अहिले भाइरल बनेको छ ।

२२ वर्षकी बेहुली अञ्जुको विवाह शरत शशिसँग हुनेछ । एकवर्ष पहिले बेहुलीका बुवा अशोकनको निधन भएको थियो । परिवार त्यति सक्षम थिएन कि उनीहरु विवाहको खर्च उठाउन सकोस् । मस्जिद समितिले अञ्जुलाई १० तोला सुन र दुइ लाख रुपैयाँ भारु उपहारको रुपमा दिँदैछन् । विवाह हिन्दु रीतिरिवाज बाट गरिनेछ । समितिले एक हजार मानिसहरुलाई भोजनको व्यवस्था गरेको छ ।

यो विवाहको कार्ड सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ । कार्यक्रमका अनुसार, शरत शशि र अञ्जुको परिणय १९ जनवरी विहान ११ः३० देखि १२ः३० बजे अलप्पुझाको मस्जिद परिसरमा हुनेछ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत