विश्व

जंगलको आगलागीबाट फँसेको परिवार, घोडाले सुरक्षित निकाल्यो; महिलाले भनिन्—रियल हिरो

मोरुया, अष्ट्रेलिया । अष्ट्रेलियामा एक परिवारलाई घोडाले जंगलमा लागेको आगलागीबाट सुरक्षित बचाएको छ । सो परिवार नयाँ वर्षको अन्तिम साँझ दक्षिणी सिडनीबाट २५० किलोमीटर टाढा मोरुयाको समुन्द्री तटमा छुट्टी मनाउन गएका थिए ।

सोही समयमा जंगलमा फैलिएको आगो उनीहरु नजिक पुग्यो । आगोको कारण धेरै धुँवा फैलिएको थियो । त्यहाँबाट निस्कनको लागि कसैलाई कुनै विकल्प नै आइरहेको थिएन । सो समयमा घोडा चार्मरले सबैलाई सुरक्षित अवतरण गराएको थियो ।

विंटरले शनिबार भनिन्, ‘जंगलमा आगोलागीका कारण केही देखिएको थिएन । तापमान बढीरहेको थियो । सोहीबेला बाटो पनि भूलिरहेका थियौँ । हामी फँसिसकेका थियौँ । त्यो बेला हामीले घोडालाई नै बाटो तय गर्न दियौँ । चार्मरले हामीलाई सुरक्षित स्थानमा पुर्यायो । उ नै मेरो असली हीरो हो ।’

आगोबाट घर जलेको र बाइक चोरी भएको गुनासो न्यू साउथ वेल्स पुलिसकोमा बताएकी छन् । अहिले उनको परिवार मोरुयाको वाटरफ्रंट होटलमा छन् । होटल मालिक मार्क र लिंडा इथेलले आगोको चपेटामा आएका मानिसको मद्यतको लागि घरको ढोका खोलेका छन् । अष्ट्रेलियाको जंगलमा यो मौसममा आगो लागेको यो दोस्रो घटना हो ।

सेप्टेम्बरबाट लागेको आगलागीमा अहिलेसम्म ५० लाख हेक्टर वन क्षेत्र ध्वस्त भइसकेको छ । करिब ४८ करोड भन्दा बढी वन्यजन्तु र २३ व्यक्तिको मृत्यु भइसकेको छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत