जीवनशैली

सन् २०२० मा कसलाई दुःख दिँदैछन् ‘शनिदेव’

काठमाडौँ । शनि अर्थात न्यायका देवता मानिने यो ग्रह २४ जनवरी २०२० मा धनु राशिलाई छाडेर आफ्नो स्वराशि मकरमा गोचर गर्नेछन् । धनु र मकर राशिमा पहिलेबाटै शनिको साढेसाती चलिरहेको छ । २४ जनवरीबाट कुम्भ राशिमा शनिको साढेसातीको पहिलो चरण सुरु हुनेछ ।

सन् २०२० मा शनिको अढैया मिथुन, तुला राशिमा लाग्नेछ । ११ मे देखि २९ सेप्टेम्बर २०२० सम्म शनि वक्र अवस्थामा मकर राशिमा गोचर गर्नेछ र वर्ष २०२० को अन्तिम महिना अर्थात २७ डिसेम्बरमा अस्त पनि हुनेछ । यसले शनिको केही प्रभाव कम हुने देखिन्छ । शनिको कृपाले जातकलाई हरेक कार्यमा सफलता प्राप्त हुनेछ । शनिदेवले सहीसँग सँधै न्याय गर्दछन र गलत गर्नेलाई दण्ड ।

शनिको साढेसाती र अढैयाको प्रभाव विभिन्न राशिमा पर्न सक्छ । जसलाई पर्छ उसको जीवनमा कयौँ तरिकाको उतारचढाव आउन सक्छ । ज्योतिषशास्त्रीहरुका अनुसार निम्न १२ राशिमा शनिको यस्तो प्रभाव पर्दछ ।

  • मेषः वर्ष २०२० मा यो राशि भएकाहरुले शनिसँग डराउनुपर्ने, अशुभ प्रभावबाट चिन्तित हुनुपर्ने आवश्यकता छैन । यो राशि भएकालाई साढेसाती र अढैयाको कुनै प्रभाव पर्ने छैन । 
  • वृषः यो वर्ष वृष राशि भएकालाई लाभ मिल्न सुरु हुन्छ । यसमा अशुभ प्रभाव छैन । साढेसाती र अढैयाको कुनै असर छैन ।
  • मिथुनः यस राशि भएकाहरु, अहिले शनि सातौँ भावमा गोचर गरिरहेको छ । तर सन् २०२० मा शनि तपाईंको आठौँ भागमा गोचर हुनेछन् । अष्टम भावलाई मृत्युको भाव पनि भनिन्छ । शनिको यो राशिमा आउनु मिथुन राशिका जातलाई अष्टमको अढैयाको सुरुवात हुनेछ जसले काममा धीमीपन आउनेछ । वाणीलाई नियन्त्रण गर्न नसकिएला र हड्वडाहट देखिनेछ ।
  • कर्कटः यो वर्ष कर्कट राशि भएकालाई पनि शनिको कुनै दुष्प्रभावबाट चिन्तित हुनुपर्ने देखिँदैन । यो राशिमा शनिको साढोसाती र अढैयाको असर हुनेछैन ।
  • सिंहः यो वर्ष सिंह राशिमा पनि शनिको असर हुनेछैन । तर वाणी नियन्त्रण गर्नु आवश्यक छ ।
  • कन्याः यो राशिमा पनि कुनै असर छैन । निश्चिन्त र इमान्दारीपूर्वक कार्य गर्नुहोला ।
  • तुलाः यो राशिमा पनि शनिको प्रभाव अशुभ छैन । तर केही समयपछि अढैया दसा सुरु हुनेछ । जसले शत्रुबाट दुःख, स्वास्थ्यको समस्या आउन सक्छ ।
  • वृश्चिकः यो राशि भएकाहरुको अब खराब समय सकिने अवस्थामा छ । साढेसाती र अढैयाको प्रभाव २०२० मा समाप्त हुनेछ ।
  • धनुः यो राशिको पनि अन्तिम अवस्थामा छ शनि । तत्पश्चात कामकाजमा लाभ, नयाँ घर या भूमिमा संकटको संकेत भएकोले कुनैपनि कार्य हतारोमा नगर्नुहोला ।
  • मकरः यो राशिमा शनिको साढेसाती चलिरहेको छ । यो अवस्थामा मित्रसँग ठाकठूक पर्न सक्छ । वैवाहिक जीवनमा कलह बढ्न सक्छ । पारिवारिक जीवनमा उथलपूथल आउन सक्छ ।
  • कुम्भः शनिको साढेसातीको पहिलो चरण सुरु हुनेछ । चिन्ता छोडेर व्यवहार दुरुस्त राख्नुहोस् र खर्चबाट बच्नुहोस् । शत्रुबाट सावधान, कुनैकार्य हतारोमा नगर्नुहोला ।
  • मीनः मीन राशि भएकाहरुमा शनिको अशुभ प्रभाव पर्ने छैन । त्यसैले चिन्ता नगर्नुहोला ।
     

गाउँ सहर डेस्क

तपाईँको मत