पर्यटन

सन् २०२० मा यो स्थानले कति पर्यटक तान्ला ?

‘पर्यटन वर्ष मनाउँदै गर्दा हामीले सिक्न सक्छौँ’

चीन । नयाँ साँस्कृतिक पर्यटनमा काम गरिरहेको चीनले पिंगटांग र लुओडियान नामका दुई प्रशासकिय क्षेत्र जोड्नको लागि संसारकै सबैभन्दा उचो पिंगटांग ग्रांड कंक्रीट टावर ब्रिज बनाएको छ । दक्षिण-पश्चिम चीनको गियाझोऊ प्रान्तमा अवस्थित यी दुई पहाडी क्षेत्रसम्म अब सुगमताले पुग्न सकिन्छ ।

२१३५ मीटर लामो यो ब्रिजमा सोमबारबाट यातायात सुरु भएको छ । यो ब्रिजसँग जोडिएको ९३ किमी लामो पिंगटांग-लुओडिआन एक्सप्रेसवेको उद्घाटन भएको छ । एक्सप्रेसवे र ब्रिज बनेपछि दुबै क्षेत्रबीचको दूरी अढाई घण्टाबाट घटेर एक घण्टामा आइपुगेको छ ।

काओडु नदी घाँटीमा ३३२ मीटर माथि बनेको यो ब्रिजमा तीनवटा टावर छन् । यसको उचाई ११० छ । चीनले पछिल्लो समयमा गरिबी घटाउनको लागि पर्यटनमा विकास गरिरहेको छ । यो ब्रिज यसैको उपज हो । यो ब्रिजको निर्माण सन् २०१६ बाट सुरु भएको थियो । यो ब्रिजमा बाहन ८० किमी प्रतिघण्टा रफ्तारमा दौडन सक्छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत