गाउँ सहर

पोखरामा सामुदायिक वन माथिको तेहेरो करको विरोध

पोखरा । पोखरामा सामुदायिक वन माथिको तेहेरो करको विरोध भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशद्धारा तेहेरो कर बिरुद्ध पोखरामा  आयोजित विरोध सभामा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकले समुदायिक वन समुहलाई  तीनै तहका सरकारले छुट्टाछुट्टै गरि ९० प्रतिशत कर लिनु अवैज्ञानिक भएको बताइन्  ।

कानूनी अवरोधका कारण उपभोक्ताले संरक्षण गरेको बनबाट पानी, दाउरा, जडिवुटी, काठ  जस्ता बनपैदावार निकासीमा अप्ठेरो परेको उनको भनाई थियो ।

प्रसिद्ध धार्मिक क्षेत्र विन्ध्यवासीनीबाट शुरु भएको विरोध र्‍याली नालाको मुख, तेर्सापट्टि, महेन्द्रपुल हुँदै मावन अधिकार चोकमा पुगेर सभामा परिणत भएको विरोध कार्रयक्रममासामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्काले हरियाली प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको सामुदायिक वनको हक अधिकार सुनिश्चितता गर्नुपर्ने बताए ।

महासंघ गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदीको अध्यक्षतामा भएको विरोध सभामा महासंघका केन्द्रीय महासचिव विर्खबहादुर शाही, सचिव ठाकुर भण्डारी गण्डकी प्रदेशका महासचिव रत्ना घिमिरे, महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने लगायतले सरकारले लगाएको तेहेरो कर फिर्ता नदिए सिहदरबार घेराउ, साङले जुलुस जस्ता दवावमुलक कार्य गर्ने घोषणा गरेका थिए ।

तपाईँको मत