गाउँ सहर

बुद्ध जयन्तीमा लेखनाथमा शान्ति र्‍याली

लेखनाथ । २५६३ औं बुद्ध जयन्तीको अवसरमा लेखनाथमा शान्ति र्‍याली सम्पन्न भएको छ । विश्व शान्तिको कामना गर्दै साविक लेखनाथको विभिन्न ठाउँमा शान्ति र्‍याली निकालिएको हो ।

श्रीकर्म त्रियन धर्मचक्र बौद्ध विहार पोखरा लेखनाथ २९ र आनन्द धर्म चक्र बौद्ध गुम्वा पोखरा ३० मुसेटुडाले  पनि सामुहिक रुपमा बुद्ध जयन्ती मनाएका छन् ।

विश्व शान्तिको कामना गर्दै बुद्ध नेपालमा जन्मिएका हुन भन्ने शन्देश दिन श्रीकर्म त्रियन धर्मचक्र बौद्ध विहारबाट निकालिएको र्‍याली आनन्द धर्म चक्र बौद्ध गुम्वा मुसेटुडा पुगी पुजा पाठ सहित सभामा परिणत भएको थियो ।

आनन्द धर्म चक्र बौद्ध गुम्वाका सस्थापक अध्यक्ष क्याप्टेन प्रेम बहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा श्रीकर्म त्रियन धर्मचक्र बौद्ध विहार संचालन समितिका अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङ, सुर्यमुखि तमु समाजका अध्यक्ष सुवेदार कमल गुरुङ, स्थानिय समाजसेवी सुवेदार चन्द्रप्रसाद गुरुङ, आनन्द धर्म चक्र बौद्ध गुम्वा प्रमुख गुरु आईत बहादुर लामा,गुरु लामा छिरिङ लगाएतले भगवान बुद्धले दिएका शन्देसलाई सवैले आत्मसाथ गर्नुपर्नेमा जोड दिएका थिए ।

तपाईँको मत