गाउँ सहर

‘राजनीतिक परिवर्तन त ठूला-ठूला ल्यायौं तर जनताले अनुभूत गर्ने परिणाम दिन सकेनौँ’ : प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्मचारी र हाम्राे कार्यशैलीमा पुरातन साेचले गर्दा राजनीतिक परिवर्तन त ठूला ठूला ल्यायाैं तर जनताले अनुभूत गर्ने गरि परिवर्तनकाे सकारात्मक परिणति दिन नसकेकाे बताएका छन् ।

बिहीबार नेपाल दूरसञ्चार कर्मचारी संघ (TEAN) र राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम (NEONNT) को  एकता घोषणा कार्यक्रम बाेल्दै अध्यक्ष प्रचणडले पुरातन विचार हाबी हुँदा राजनीतिक परिवर्तनै खाइदिने गरेकाे भन्दै संविधानकाे मर्म अनुसार कर्मचारीदेखि राजनीतिक नेतृत्वले काम गर्नुपर्ने बताए ।

साथै उनले विज्ञान प्रविधिको युगमा कुनै पनि देशको समृद्धिको मापन विज्ञान प्रविधिको प्रयोगलाई लिने गरिन्छ । त्यसकारण टेलिकमसँग आवद्ध कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहने बताए । 

प्रविधिमा प्रतिस्पर्धामा उत्रिन सकेनौँ र एकाधिकार लाद्ने मात्र कोशिस गर्न  सक्ने अवस्था नभएको पनि उल्लेख गरे । आगामी दिनमा टेलिकमले उच्च क्षमता र प्रतिस्पर्धा गरेर विकृतिबाट टाढा रहनुपर्नेमा  जोड दिए । 

'टेलिकमभित्रका समस्या, कर्मचारीको हित र नीतिका बारेमा छलफल गरेर गम्भिरताका साथ सरसल्लाह गरेर सुधार गर्दै जानुपर्छ । तर तपाइँहरु आफुले गर्नुपर्ने कर्तव्य र जिम्मेवारी पूरा गर्न कुनै कसर राख्न पाउनुहुन्न ।' 

नेपाल टेलिकम, केन्द्रीय कार्यालय भद्रकाली प्लाजाको प्राङ्गण दुइ संगठन मिलेर नेपाल दूरसञ्चार रास्ट्रिय कर्मचारी संगठन गठन भएकाे छ । 

तपाईँको मत