प्रेरणा

मूर्खलाई महत्व दिने व्यक्ति कहिल्यै सफल हुन सक्दैन, सँधै दुखी

काठमाडौँ । प्राचिन समयमा भारत फरक-फरक खण्डमा बाँडिएको थियो । सो समय आचार्य चाणक्यले पूरै भातलाई एक गरे र चन्द्रगुप्तलाई अखण्ड भारतको सम्राट बनाए । चाणक्य नीतिको एक ग्रन्थ पनि रचिएको छ, जसको नाम चाणक्य नीति हो । यस नीतिले विभिन्न कुराहरु सिकाएको छ ।

चाणक्य नीतिमा लेखिएको छः—
मूर्खा यत्र न पूज्यन्ते धान्य यत्र सुसंचितम् ।
दंपतोः कलहो नास्ति तत्र श्रीः स्वयमागता ।।

यो श्लोकमा चाणक्य भन्छन् — जुन ठाउँमा मूर्खको पूजा हुँदैन, केवल ज्ञानीहरुको सम्मान हुन्छ । ज्ञानीको कुरा अमल गरिन्छ । जहाँ धन-धान्य पर्याप्त मात्रामा संग्रहित हुन्छ, अन्नको एक दाना पनि व्यर्थ फ्याकिँदैन, जुन घरमा पति-पत्निबीच विवाद हुँदैन, सबै प्रेमसँग रहन्छन, त्यहाँ देवी लक्ष्मी स्वयं आउँछिन् । यस्तो स्थानमा सुख-समृद्धि सदैव भइरहन्छ । यस्तो घरमा सुख-शान्ति छाउने गर्दछ ।

जो व्यक्ति मूर्खको पूजा गर्दछन अर्थात मूर्खलाई महत्व दिन्छन्, उनीहरुको सेवा गर्दछन्, उ कहिल्यै सफल हुँदैन, जहिल्यै दुखी रहन्छ । जहाँ धन-धान्यको अपमान गरिन्छ, संग्रहण गरिँदैन, जुन घरमा पति-पत्नी सँधै झगडा गर्दछन्, जहाँ विवाद भइरहन्छ, त्यहाँ लक्ष्मीले बास गर्दिनन् । लक्ष्मीको कृपा बेगर यी गलत कामको कारण परिवारको धन र शान्ति नष्ट हुन सक्छ । यसकारण मूर्ख व्यक्तिको संगतबाट बच्नुहोस, थालीमा खान नछाड्नुहोस, परिवारमा प्रेम भित्र्याउनुहोस् । तबमात्र जीवन सुखी हुन सक्छ । यदी यी कुरालाई ध्यानमा राखिएन भने दुःखको समाप्ति कहिल्यै हुँदैन ।
 

गाउँ सहर डेस्क

तपाईँको मत