महाभारत युद्धको समयमा यी व्यक्तिले १८ दिनसम्म गरेका थिए ५० लाख योद्धालाई खाने व्यवस्था
- गाउँ सहर डेस्क
- २९ मङ्सिर आइतबार, २०७६ | १४:४४:०० मा प्रकाशित
काठमाडाैँ । महाभारतको युद्धलाई ब्रम्हाण्डकै सबैभन्दा ठूलो युद्ध मानिन्छ । यतिठूलो युद्ध र सोसँग जोडिएर कयौँ साना कुराहरु पनि सोच्ने गरिन्छ । जस्तै युद्धको नियम अनुसार जब सबै योद्धा राति शिविरमा विश्राम गर्दथे, तिनिहरुलाई भोजनको व्यवस्था कसले गर्थ्याे होला ?
महाभारतमा यो कुरा पनि उल्लेख छ । जसअनुसार उड्डपी नरेशले ५० लाख भन्दा बढी सैनिकलाई खानाको व्यवस्था गरेका थिए ।
कौरव र पाण्डवका प्रतिनिधि प्रतापी उड्डपी नरेशलाई युद्ध लड्नको लागि मनाउन थाले । दुबै पक्षको कुरा सुनेर उड्डपी नरेशले तय गर्न सकेनन कि उनी कसको तर्फबाट युद्ध लड्ने र त्यहाँ भएका सैनिकको खानाको प्रवन्धलाई लिएर चिन्ता हुन थाल्यो ।
उड्डपी नरेश पाण्डवको शिविरमा पुगे र श्रीकृष्ण सँग भेटे । उड्डपी नरेशले श्रीकृष्णलाई भने, ‘भाइबीच भइरहेको यो युद्धको समर्थक होइन तर अब यसलाई टाल्न सकिँदैन, शस्त्रको माध्यमबाट भाग लिन चाहन्न । तर, यो महायुद्धमा सामेल हुन चाहन्छु ।’
श्रीकृष्णले उड्डपी नरेशको कुरा बुझे र उनलाई भने— तिमी के चाहन्छौ ? उड्डपी नरेशले दुबै पक्षका सैनिकलाई भोजनको प्रवन्ध गर्ने प्रस्ताव राखे । यो कुरा श्रीकृष्णले माने र उड्डपी नरेशले आफ्नो सेनासँग बिना शस्त्र युद्धमा भाग लिए । उड्डपी नरेशले दुबै सैनिकहरुलाई १८ दिनसम्म दैनिक भोजनको गराए ।
युधिष्टिरले राजतिलक समारोहको समयमा उड्डपी नरेशको खुब प्रशंसा गर्दै उनलाई बिना शस्त्र युद्ध लड्नेवाला राजाको नामबाट सुशोभित गरे ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस