प्रेरणा

‘पुरुषले कसैलाई पनि साझा गर्न नहुने जीवनको यी ४ कुरा !’

जीवनमा कयौँ कुरा यस्ता हुन्छन, जसलाई हामी सबैभन्दा नजिकका सँग पनि साझा गर्न सक्दैनौँ । यसले हामी मानसिक र शारीरिक रुपबाट चिन्तित हुन्छौँ । तर चाणक्य नीति अनुसार जीवनका यस्ता कयौँ कुरा जसलाई कसैसँग साझा गर्नु हुँदैन ।

आचार्य चाणक्य भन्छन्— समाजमा गरिब व्यक्तिलाई सजिलो तरिकाबाट धनको प्राप्ति हुँदैन यसकारण हामीले कहिल्यैपनि धनको हानीसँग जोडिएको कुरा साझा गर्नु हुँदैन । यदि तपाईंलाई धनको हानी भए सो कुरा गुप्त राख्नु नै वुद्धिमानी हुन्छ । अर्थिक हानी भएपछि तपाईंको मद्धत कसैले गर्दैन । यसकारण यो कुरा सदैब ध्यानमा राख्नु पर्दछ ।

चाणक्यको दोस्रो गुप्त राख्ने कुरा यो छ कि हामीले कहिल्यैपनि दुःखको कुरा साझा गर्नु हुँदैन । यदी गरिएमा सबैले ठट्टा-मजाक बनाइदिन्छन् । दुःखको समयमा यदि यस्तो भए दुःख झनै बढ्छ ।

चाणक्यको तेस्रो गुप्त कुरा यो छ कि पत्नीको चरित्रको विषयमा कुनै कुरा साझा गर्नु हुँदैन । उनका अवगुणहरू साझा नगर्नुहाेस् । यदि गरिएमा अनेक परिणाम आउन सक्छ ।

चाणक्यको चौथो कुरा, यदि जीवनको कुनै समयमा नीच व्यक्तिले तपाईंको अपमान गरे सो कुरा साझा गर्नु हुँदैन । जसले तपाईंको प्रतिष्ठामा आँच पुर्याउँछ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत