जीवनशैली

महिला “नो म्यारिज वुमन” अभियान चलाउँदै, भन्छन एक्लै खुशी

टोक्यो/सिओल । दक्षिण कोरिया र जापानमा विवाह नगर्दा आर्थिक संकट पैदा हुने खतरा बढेको छ । कुरा के हो भने, यहाँ महिलाका यस्ता कयौँ समूह छन जो विवाह र आमा बन्नबाट रोकिरहेका छन् । 

दुबै देश दुनियाँको सबैभन्दा कम जन्मदर भएको देशमा पर्छन् । यसमध्ये जापान पहिलो र दक्षिण कोरिया आठौँ नम्बरमा आएको छ । कोरियामा त महिला बकाइदा "ह्यासट्याग नो म्यारिज वुमन" अभियान नै चलाइरहेका छन् । यसको कारण महिलाहरुलाई ४ चिजबाट बच्न सल्लाह दिइरहेका छन् । यसमा डेटिंग, नो सेक्स, नो म्यारिज र नो चिल्ड्रेन समावेश छन् ।

विवाहको लागि पैसाको प्रोत्साहन

महिलाहरुले विवाह नगरेका कारण कयौँ विवाह हलहरु बन्द भएका छन् । सरकार यतिसम्म चिन्तित छ कि विवाहको लागि प्रोत्साहन स्वरुप पैसा बाँढिरहेको छ । दक्षिण कोरियामा हालत यतिसम्म बिग्रिएको छ कि यसको अन्दाज यहि कुराबाट लगाउन सकिन्छ । यो एक दशक पहिले लगभग ४७ प्रतिशत महिला विवाह अपरिहार्य मान्दथे । तर पछिल्लो वर्ष यो आंकडा २२.४ प्रतिशतमा खुम्चिएको छ । यहाँको सरकार विवाह गर्न र पिता बन्नको लागि प्रोत्साहन योजना चलाइरहेको छ । यहाँका कयौँ प्रान्तमा सरकार महिलासँग उनको लम्बाई, वचन, फोटो र बायोडाटा मागिरहेको छ ।

पहिलेका स्कूल र म्यारिज हल अब बन्द

दक्षिण कोरियामा २० प्रतिशत भन्दा बढी म्यारिज हल बन्द भएका छन् । सिओलका कयौँ स्कूलमा पढ्नको लागि बच्चामा कमी आएका कारण स्कूल बन्द भएका छन् । सियोलकी बोनी ले ले भनिन् - म आफ्नो खुशी आफैँ तय गर्दछु । म एक सिधा महिला हूँ, जसलाई अब पुरुषसँग सम्बन्ध बनाउनमा कुनै आकर्षण छैन । यस्तो गर्ने म एक्लै छैन । दक्षिण कोरियामा यस्ता महिलाको संख्या दिनकै बढिरहेको छ, जो पितृसतात्मक मापदण्डलाई खारेज गरिरहेको छ ।

जापानमा महिलालाई बच्चा पैदा गर्न सुझाव

जापानका युवापनि विवाहबाट इन्कार गरिरहेका छन् । कम जन्मदरका कारण संकट भइरहेको छ । यहि कारण पनि महिलालाई अर्को बच्चा जन्माउन दवाव दिइरहेका छन् । साथै देशको जन्मदर बढाउन सकियोस् । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत