गाउँ सहर

शहरमा चिया खाने बहाना गरि पिसाब फेर्नकै लागि कहिलेसम्म होटल छिर्नुपर्ने ?

काठमाडौं । आज विश्व शौचालय दिवस । विश्वमा हरेक वर्ष १९ नोभेम्बरमा शौचालय दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी शौचालय दिवस मनाइँदै छ । शौचालय र यसको महत्त्व सबैसामु फैलाउने उद्देश्यले शौचालय दिवस मनाउने गरिन्छ ।

पर्याप्त शौचालयको व्यवस्था नहुँदा सर्वसाधारणले दिसापिसाब गर्न भोगिरहेको विश्वव्यापी समस्याविरुद्ध जनचेतना फैलाउन विश्व शौचालय दिवस मनाइँदैछ।

नेपालका अधिकांश शहर या गाँउहरुमा व्यबस्थित शौचालयको सुबिधा छैन् । नेपालमा व्यवस्थित शौचालय नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको छ । नेपालका धेरै जिल्ला खुला दिसामुक्त घोषण भए पनि कार्यान्वयमा यो लागू हुन सकेको छैन । 

अस्पताल, शैक्षिक संस्थादेखि सिनेमाघर सम्मा अधिकांश शौचलयहरु दुर्गन्ध हुने गरेको हामीले पाएका छौं । सन् २०३० सम्मको दिर्घकालिन बिकास लक्ष्यमा संसारका हरेक वासिन्दालाई सरसफाईका श्रोत र सुबिधा का साथ फालिनेपानी लाई पूर्नपयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य रहेको छ ।

मानव जीवनशैली र सरसफाइका लागि शौचालय आधारभूत तत्त्व हो । निजीका साथसाथै सार्वजनिक शौचालय हुनु व्यवस्थित सहरको उदाहरण पनि हो । अन्तर्राष्टिय मान्यताअनुसार जहाँ पर्याप्त सार्वजनिक शौचालय छैन, त्यो ठाउँलाई सहर मान्न सकिँदैन । 

नेपालका विकसित शहरहरुमै पनि सहज सार्वजनिक शौचालयको व्यवस्था छैन जसका कारण धेरै अप्ठेरो पर्नेगर्दछ । कतिपय ठाँउमा त सार्वजनिक शौचलयको शूल्क यति महङ्गो छ कि शायद संसारभरमै सबै भन्दा धेरै पैसा तिरेर मलमुत्र त्याग गर्ने हामी नेपाली नै हौं कि भन्ने भान हुन्छ । कतिपय अबस्थामा चिया खाने बहानामा पिसाब फेर्न कै लागि होटल छिर्नुपरेकाे धेरे शहरबासीकाे अनुभव छ । 

सामान्यतया शौचालयलाई फोहोर ठाउँ भन्ने गरिन्छ । तर, शौचालय हामीलाई सफा र सुरक्षित राख्ने सहयोगी हो भनेर स्पष्ट पार्न जरुरी छ । सफा शौचालयको सहि प्रयोग सभ्य समाजको अभिन्न अंग मानिन्छ ।

अझैपनि संसारभरि लगभग अढाई करोड मान्छेहरुले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ, करिव १०जना मध्य एकजना संसारको मान्छेले अझैपनि शौचलयमा शौचगर्ने विकल्प नपाएको विश्व स्वास्थ्य संगठनको सन् २०१५ को सर्वेक्षणले देखाएके छ ।

नेपालमा विस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेको भए पनि बढ्दो शहरीकरणको नमूना जिल्लाहरूमा नगर विस्तारका सोंचहरूमा सार्वजनिक शाैचालय किन प्राथमिकतामा पर्दैन, भएको किन उचित सरसफार्इ तथा व्यवस्थापन छैन ?

काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक शौचालयको अवस्था ज्यादै दयनीय छ । आगामी वर्ष २० लाख पर्यटक ल्याउन महत्वाकाङ्क्षी लक्ष्यसमेत अघि सारिरहेका बेला शौचालय सुधार अति नै जरुरी भएको छ । तोकेको शुल्क तिरेर प्रयोग गर्नुपर्ने शौचालयको सुधार गर्नेतर्फ कसैको ध्यान पुगेको नदेखिए पनि स्मार्ट शौचालय बनाउने तयारी भने सार्वजनिक भएको छ ।

काठमाडौँ महानगरपालिकाले स्मार्ट शौचालयको अवधारणा अगाडि सारेको छ । निजी संस्थासँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले स्मार्ट शौचालय निर्माण गर्ने तयारी गरिरहेको जानकारी सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले दिए । उनले सार्वजनिक हित र सहरी सरसफाइमा सहयोग पुर्‍याउन सार्वजनिक शौचालय थप्ने र स्थान अभाव भएको स्थानमा स्मार्ट शौचालय निर्माण गर्न आयोगले नक्सा तयार गरिसकेको जानकारी दिए ।

गाउँ सहर डेस्क

तपाईँको मत