कंगोमा विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या
- रासस/एएफपी
- ३० कार्तिक शनिबार, २०७६ | १८:३०:०० मा प्रकाशित

गोमा । अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेका छन् ।
स्थानीय एक सरकारी अधिकारीका अनुसार उक्त घटना शुक्रबार रातिदेखि शनिबार बिहानसम्मको अवधिमा भएको हो ।
बदलाको भावनाबाट गरिएको आक्रमणबाट विगत दुई सातामा ३० जनाभन्दा बढी सर्वसाधारणको हत्या भइसकेको छ । यी घटनाहरु कंगोको उत्तरी किभु प्रान्तको बेनी क्षेत्रका दुई स्थानमा भएको छ । यहाँ कंगोको सरकारी सेनाले इस्लामिक जिहादी विचारधाराबाट उत्प्रेरित लडाकू विरुद्ध आक्रामक सैन्य कारबाही गर्ने गत महिना घोषणा गरेको थियो । यस क्षेत्रमा छिमेकी मुलुक युगान्डाका विद्रोहीहरुको समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एडिएफ) सक्रिय छ ।
बेनीका प्रशासक डोनाट किबवानाले आक्रमणकारीले स्थानीयबासीमाथि धारिलो हतियारले आक्रमण गरेका र घर एवं पसलमा लुटपाट गरेको जानकारी दिए । सरकारी फौजले गत अक्टोबर ३० मा यस क्षेत्रमा सक्रिय लडाकूहरुलाई विस्थापित गर्न ठूलो सैन्य कारबाही आरम्भ गर्ने घोषणा गरेको थियो ।
कंगोमा सन् १९९५ देखि सक्रिय रहेको मानिएको एडिएफले विगत पाँच वर्षको अवधिमा मात्र बेनी क्षेत्रमा सयौं, हजारौं सर्वसाधारणको हत्या गरिसकेको छ । इस्लामिक स्टेट समूहले एडिएफले गरेका कतिपय आक्रमणको आफूले जिम्मेवारी लिएको छ ।

रासस/एएफपी
राष्ट्रिय समाचार समिति नेपाल र एजेन्सी फ्रान्स प्रेस संयुक्त ।
- कमिलाको तस्करी गर्न खोज्ने किशोरकिशोरीलाई जरिवाना
- युक्रेनमा रुसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने
- बङ्गलादेशमा विद्यार्थीहरूद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा
- मोदीद्वारा इमरान खानलाई धन्यवाद
- दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या
- चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन्
- युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा
- ‘नाइजेरिया पत्रकारका लागि खतरा’
- सेल्फी खिच्दा चार जनाको मृत्यु
- ग्रीसको अर्थतन्त्र २.८ प्रतिशत वृद्धि हुने अनुमान
प्रतिकृया दिनुहोस