ग्रीसको अर्थतन्त्र २.८ प्रतिशत वृद्धि हुने अनुमान
- रासस/एएफपी
- २० असोज सोमबार, २०७६ | १६:५०:०० मा प्रकाशित

एथेन्स । युरोपेली संघमा आबद्ध मुलुक ग्रीसको अर्थतन्त्र आगामी सन् २०२० मा २.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
सोमबार सार्वजनिक गरिएको प्रस्तावित बजेटमा बेरोजगारी दरमा हालको १७.४ प्रतिशतबाट घटेर १५.६ प्रतिशत पुग्ने ग्रीसको अर्थ मन्त्रालयले अनुमान गरेको छ ।
आर्थिक संकटसँग जुधिरहेको ग्रीसलाई ठूलो ऋण दिएका युरोपेली संघ–अन्तर्राष्ट्रिय मुद्रा कोषले ग्रीसले आर्थिक सुधार तथा निजीकरणका कार्यहरुलाई तिब्रता दिनुपर्ने शर्त राखेका छन् ।
ग्रीसमाथि आगामी वर्षहरुमा कूल गार्हस्थ्य उत्पादनको ३.५ प्रतिशत रकम ऋण भुक्तानीका लागि छुट्याउनुपर्ने दबाब छ । ग्रीसका प्रधानमन्त्री काइरियाकोस मिचोटाकिसले ऋणदातासँग यो लक्ष्यमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।
ग्रीसले विगत छ वर्षदेखि झेल्दै आएको आर्थिक मन्दीबाट मुलुकलाई बिस्तारै सुधारका दिशामा अघि बढाए पनि ग्रीसको अर्थतन्त्र अझै पनि कमजोर अवस्थामा छ । ग्रीसको सरकारी ऋण कूल गार्हस्थ्य उत्पादनको १८० प्रतिशतभन्दा बढी छ । त्यहीकारण ग्रीसको अर्थतन्त्रमाथि ऋणदाताहरुबाट निरन्तर कडा निगरानी गरिएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषकी निवर्तमान प्रमुख क्रिस्चियन लागार्डले गत महिना ग्रीसले ऋणदाताका लागि जिडीपीको ३.५ प्रतिशत छुट्याउनुपर्ने भन्ने शर्त निकै बढी भएको प्रतिक्रिया दिएकी थिइन् । यसले ग्रीसको अर्थतन्त्र सुधारमा ठूलो अवरोध ल्याउन सक्ने उनले बताएकी छन् ।
दशकौंसम्मको आर्थिक संकटका कारण ग्रीसले युरोपेली संघ र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट संयुक्त रुपमा ३३० अर्ब अमेरिकी डलर ऋण लिएको थियो ।

रासस/एएफपी
राष्ट्रिय समाचार समिति नेपाल र एजेन्सी फ्रान्स प्रेस संयुक्त ।
- कमिलाको तस्करी गर्न खोज्ने किशोरकिशोरीलाई जरिवाना
- युक्रेनमा रुसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने
- बङ्गलादेशमा विद्यार्थीहरूद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा
- कंगोमा विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या
- मोदीद्वारा इमरान खानलाई धन्यवाद
- दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या
- चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन्
- युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा
- ‘नाइजेरिया पत्रकारका लागि खतरा’
- सेल्फी खिच्दा चार जनाको मृत्यु
प्रतिकृया दिनुहोस