‘नाइजेरिया पत्रकारका लागि खतरा’
- रासस/एएफपी
- २७ असोज सोमबार, २०७६ | २०:२२:०० मा प्रकाशित

लाओस । एम्नेष्टी इन्टरनेश्नलले नाइजेरियालाई पत्रकारका लागि खतरापूर्ण राष्ट्रको सूचीमा राखेको छ ।
एम्नेष्टीले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा यस वर्ष मात्रै नाइजेरियामा १९ पत्रकार मारिएकाले खतरापूर्ण राष्ट्र रहेको जनाएको हो ।
उनीहरू सवै सुरक्षाकर्मीहरुद्धारा मारिएको एम्नेष्टीले जनाएको छ ।
पत्रकारको हत्याको सङ्ख्या अत्यन्त धेरै भएको भन्दै एम्नेष्टीले चिन्ता व्यक्त गरेको छ । अधिकारवादी समूहहरूले पत्रकारको हत्या, आक्रमण र धम्कीले नाइजेरियामा प्रेस स्वतन्त्रताको अवस्था नाजुक रहेको पुष्टि हुने जनाएका छन् ।
“पत्रकार, ब्लगर र अधिकारवादीहरूलाई सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमार्फत् आवाज उठाउनु चुनौतीपूर्ण भएको छ,” एम्नेष्टीको नाइजेरिया निर्देशक ओसै ओजीझोद्वारा जारी वक्तव्यमा उल्लेख छ । उनीहरुले लेख लेख्न, धारणा व्यक्त गर्न, समाचार सम्प्रेषण गर्न पनि धेरै डर मान्नु परेको र त्यो क्रम बढ्दो अवस्थामा रहेको निर्देशक ओसैले दावी गरेका छन् ।
नाइजेरियामा देखिएको यो अवस्था अनपेक्षित रहेको उनीहरूले बताएका छन् । उनीहरुले स्वतन्त्रता र पत्रकार तथा अधिकारकर्मीहरुको सुरक्षाका लागि सरोकारवालाहरुको ध्यान जानु पर्नेमा पनि जोड दिएका छन् ।
नाइजेरियामा विद्रोही समूह बोको हराम र सरकारी पक्षकाबीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ भने सो बर्षेनी सयौँको ज्यान जाने गरेको छ ।

रासस/एएफपी
राष्ट्रिय समाचार समिति नेपाल र एजेन्सी फ्रान्स प्रेस संयुक्त ।
- कमिलाको तस्करी गर्न खोज्ने किशोरकिशोरीलाई जरिवाना
- युक्रेनमा रुसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने
- बङ्गलादेशमा विद्यार्थीहरूद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा
- कंगोमा विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या
- मोदीद्वारा इमरान खानलाई धन्यवाद
- दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या
- चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन्
- युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा
- सेल्फी खिच्दा चार जनाको मृत्यु
- ग्रीसको अर्थतन्त्र २.८ प्रतिशत वृद्धि हुने अनुमान
प्रतिकृया दिनुहोस