दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या
- रासस/एएफपी
- २० कार्तिक बुधबार, २०७६ | १३:५७:०० मा प्रकाशित

याला, थाइल्याण्ड । दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ ।
थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ । थाइल्याण्डको दक्षिणमा अवस्थित तीनवटा प्रान्तमा जारी विद्रोही आक्रमणमा हालसम्म सात हजारभन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ ।
मलाया–मुस्लिम विद्रोहीहरुले बढी स्वायत्तताको माग राखी सशस्त्र आन्दोलन गरिरहेका छन् । यो क्षेत्रमा थाई सरकारले सैनिक कानुन लगाएको छ । यहाँ सैनिक र प्रहरीको बाक्लो उपस्थिति रहनुका साथै तालिमप्राप्त नागरिक स्वयमसेवी परिचालन गरिएको छ । स्थानीयबासी र अधिकारकर्मीहरुले सैनिक कानुनका कारण स्थानीयबासीले कठिनाई भोग्नु परेको बताउँदै आएका छन् ।
गत मङ्गलबार विद्रोहीहरुले याला प्रान्तका दुई वटा जाँच चौकीमा आक्रमण गरेका थिए । सेनाका प्रवक्ता प्रमोट प्रोम–इनले आक्रमणका कारण १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । आक्रमणकारीले एम–१६ राइफल र सटगन समेत लुटेर लगेको जानकारी दिँदै उक्त क्षेत्रमा सैनिक परिचालन गरिएको र आक्रमणकारीको खोजी तिब्र बनाएको बताए ।
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आक्रमणकारीलाई न्यायको कठघरामा ल्याइने बताउनु भएको रक्षा मन्त्रालयका प्रवक्ता कोङचीप तान्त्राभानिचले उल्लेख गरे । मलेसियासँग सीमा जोडिएको यस क्षेत्रमा सक्रिय विद्रोहीले बौद्धमार्गी बहुल थाई सरकार विरुद्ध सशस्त्र सङ्घर्ष गरेको वर्षौं भइसकेको छ । यो क्षेत्र एक सय वर्षभन्दा अघि थाइल्याण्डले अधीनस्थ गरेको थियो ।

रासस/एएफपी
राष्ट्रिय समाचार समिति नेपाल र एजेन्सी फ्रान्स प्रेस संयुक्त ।
- कमिलाको तस्करी गर्न खोज्ने किशोरकिशोरीलाई जरिवाना
- युक्रेनमा रुसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने
- बङ्गलादेशमा विद्यार्थीहरूद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा
- कंगोमा विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या
- मोदीद्वारा इमरान खानलाई धन्यवाद
- चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन्
- युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा
- ‘नाइजेरिया पत्रकारका लागि खतरा’
- सेल्फी खिच्दा चार जनाको मृत्यु
- ग्रीसको अर्थतन्त्र २.८ प्रतिशत वृद्धि हुने अनुमान
प्रतिकृया दिनुहोस