गाउँ सहर

२२ करोड ४० लाखको भैँसीः १३ सय किलो, काजू-बदाम र दहि खान्छ

राजस्थान । राजस्थानको पुष्कर अन्तर्राष्ट्रिय पशु मेलामा विभिन्न प्रजातिका करिब पाँच हजार भन्दा बढी पशु पुगेका छन् । यसमध्ये मुर्रा नस्लको भैँसी भीम पनि छ । १४ करोड भारु अर्थात (नेपाली २२ करोड ४० लाख) को यो भैँसी दोस्रो पटक मेलामा प्रदर्शनको लागि ल्याइएको छ ।

१३ सय किलो भैँसी साढे छ वर्षको छ । भैँसीको मालिक जवाहर लाल जांगड, छोरा अरविंद जांगिड र अन्य सहयोगीले मेलामा ल्याएका हुन् ।

मरुभूमिमा भएको यो मेलामा देशी-विदेशी पर्यटकले भरिएको छ ।

भीम भैँसीको खुराकमा प्रतिमहिना डेढ लाख खर्च हुन्छ । अरविंदले भने, ‘भैँसीलाई प्रतिदिन एक किलो घीउ, आधा किलो दहि, दुइ सय ग्राम सक्खर, २५ लिटर दूध, एक किलो काजू-बदाम ख्वाइन्छ ।’

छोरा अरविंदका अनुसार मेलामा भैँसी बेच्न नभएर मुर्रा नस्लको संरक्षण र सम्बध्र्वनको उद्देश्यले प्रदर्शनको लागि ल्याउने गर्दछन् । मेलामा आयोजित पशु प्रतियोगितामा भीमले भाग लिएर पुरस्कार पनि जितेको छ ।

भीम भैँसीको वजन वर्षमा एकसय किलो, रुपैयाँ दुइ करोड बढी । अघिल्लो वर्ष पुष्कर मेलामा पहिलो पटक भीमलाई ल्याइएको थियो, त्यो बेला १२ सय किलो थियो र मूल्य १२ करोड भारु थियो ।

अहिले १४ करोड भारु अर्थात (नेपाली २२ करोड ४० लाख) रुपैयाँ कसैले दिए उनी बेच्न तयार छन् । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत