जीवनशैली

कान छेड्दा बढ्छ श्रवण क्षमता, मोटोपनामा पनि कमी

काठमाडौँ । कान किन छाडिन्छ, धेरैलाई यसको जानकारी नहुन सक्छ । हिन्दु संस्कारको एक महत्वपूर्ण अंश हो, कान छेड्नु । परम्परा धान्न कान छेडिन्छ तर कारण धेरैलाई अझैपनि थाहा छैन । यो अहिले फेशनको रुपमा पनि देख्न सकिन्छ ।

नेपाल तथा भारतमा कान छेड्ने परम्परा सदियौँ देखि चलिआएको छ । अहिले त महिला वा पुरुष दुबैले कान छेड्ने गरेका छन् । कान छेड्नुको धार्मिक मान्यता त छँदैछ यसको स्वास्थ्य लाभपनि उत्तिकै रहेको छ ।

बैज्ञानिक तथ्यका अनुसार जुन स्थानमा कान छेडिन्छ जहाँ प्रेसर पोइन्ट रहेको हुन्छ । पहिलो मास्टर सेंसोरियल र दोस्रो मास्टर सेरेब्रल जसले सुन्ने क्षमता बढाउने गर्दछ । एक्यूपंचरमा पनि जब कान छेडिन्छ त्यसको दवाव ओसीडिमा पर्ने, जसको कारण घबराहट कम हुने र मानसिक विमारी हट्ने बताइएको छ ।

यस्तै कानको तल्लो लोतिको सम्बन्ध भोग लाग्ने सँग हुन्छ । कान छेड्दा पाचनक्रिया दुरुस्त हुने गर्दछ । कान छेड्दा मोटोपान पनि कम हुन्छ । मान्यता यो छ कि कान छेड्दा पक्षघातकाे विरामी नहुने र उसको श्रवण शक्ति बढ्ने बताइन्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत