जीवनशैली

‘विश्वकर्माले बनाएका थिए सुनको लंका र स्वर्गलोक’

काठमाडौँ । भगवान विश्वकर्मालाई निर्माण र सृजनाको देवता मानिन्छ । उनलाई संसारको पहिलो इन्जिनियर पनि भनिन्छ । आजको दिन कारोबारी तथा व्यवसायीहरुले भगवान विश्वकर्माको पूजा गर्दा प्रगति प्राप्त हुने विश्वास गर्दछन् ।

स्तुकलाका आचार्य भगवान विश्वकर्मा वास्तुदेव तथा माता अंगिरसीका पुत्र थिए । आश्विन महिनाको प्रतिपदामा उनको जन्म भएको विश्वास छ । तर तपाईंलाई यो थाहा पाएर आश्चर्य हुन्छ कि लगभग सबै मान्यतानुसार यो एक यस्तो पूजा हो जुन सूर्यको आगमनमा आधारित भएर तय हुने गर्दछ । आज असोज १ गते, विश्वकर्मा दिवस हाे ।

आज विश्वकर्मा पूजा, कन्या संक्रान्ति र राष्ट्रिय चलचित्र दिवस पनि हो । विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ति स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ ।

यस्तै  वर्षमा १२ वटा महिना र १२ वटै संक्रान्ति हुन्छन्, यी १२ वटा संक्रान्तिहरुलाई ४ वटा वर्गमा वर्गिकरण गरिएको हुन्छ, आयन, विष्णुभा, विष्णुपादी र सदसितामुखी एकादशीहरु । सम्पूर्ण संक्रान्तिहरु दान पूण्य क्रियाकलापकालागि अत्यन्त महत्वपूर्ण हुन्छन् । हिन्दूहरुको सौर्य पात्रो अनुसार छैठौं महिनाको शुरुको दिन कन्या संक्रान्ति हो ।

त्यसै गरि हरेक वर्ष असोज १ गते राष्ट्रिय चलचित्र दिवसका रुपमा पनि मनाइन्छ । चलचित्र विकास बोर्डले सन् २०१२ मा हरेक वर्ष असोज १ गतेका दिन विभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको हो । बोर्डले आज विभिन्न स्थानमा कार्यक्रम आयोजना गरी मनाउँदैछ ।

हरेकका पूजक

भगवान विश्वकर्माको पूजा हरेक व्यक्तिले गर्न पर्दछ । सहज भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा हरकोही जुनसुकै कर्म सृजनात्मक छ, जुन कर्मबाट जीवन र जीवन सञ्चालित हुन्छ सबैले यो पूजा गर्नु पर्दछ । यसकारण उनको पूजाले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा प्रदान गर्दछ र आउनसक्ने अड्चन हटाउँछ ।

भगवान विश्वकर्मालाई देव शिल्पी पनि भनिन्छ । उनले सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा सुनको लंका, द्वापर युगमा द्वारिका र कलियुगमा भगवान जगन्नाथ, बलभद्र एवं सुभद्राको विशाल मूर्तिको निर्माणका साथै यमपुरी, वरुणपुरी, पांडवपुरी, कुबेरपुरी, शिवमंडलपुरी तथा सुदामापुरी आदिको निर्माण गरे । ऋगवेदमा उनका महत्वलाई ११ ऋचामा लेखेर गरिएको छ ।

विश्वकर्मा पूजा विधि

विश्वकर्मा जयन्तीमा शुभ मुहूर्तमा गरिएको पूजाले कारोबारमा वृद्धि गर्नुका साथै तपाईंलाई धनवान बनाउन सक्दछ । भगवान विश्वकर्माको पूजा विधिले गर्दा विशेष फल प्राप्त हुने गर्दछ । पूजाको लागि सबैभन्दा पहिले पूजाको समाग्री जस्तै अक्षता, फूल, चन्दन, धूप, अगरबत्ती, दही, सुपारी, रक्षा सुत्र, मिठाई, फल आदिको व्यवस्था गर्नु पर्दछ । यसपछि कारखाना, वर्कसप, कार्यालय, दोकान आदिका स्वामीलाई स्नान गरेर सपत्नीक पूजाको आसना बस्नु पर्दछ । यसपछि कलश स्थापित गरेर विधिनुसार क्रमानुसार पूजा गर्नु पर्दछ ।

विश्वकर्मा भगवानको को हुन् ?

स्कन्द पुराणका अनुसार विश्वकर्मा भगवानको परिचय ‘बृहस्पते भागिनी भुवना ब्रम्हावादिनी । प्रभासस्य तस्य भार्या बसूनामष्टमस्य च । विश्वकर्मा सुतस्तस्यशिल्पकर्ता प्रजापति’ श्लोकमा भनिएको छ । यो श्लोकको अर्थ— महर्षि अंगिराका जेष्ठ पुत्र बृहस्पतिको बहिनी भुवना ब्रम्हविद्यालाई जानकारी थियो । उनको विवाह आठौँ वसु महर्षि प्रभाससँग सम्पन्न भयो । विश्वकर्मा यी दुबैका सन्तान थिए । विश्वकर्मा भगवानलाई शिल्पकार तथा रचनाकारको इष्टदेव पनि मानिन्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत