प्रेरणा

पत्नीको सुन्दरता, भोजन र धनमा असन्तुष्ट हुनुहुँदैन, भए सुख-शान्ति खत्तम्

जुन व्यक्तिको जीवनमा असन्तोष छ, उसलाई कहिल्यै सुख प्राप्त हुँदैन । यस्ता व्यक्ति जो जहिल्यै समस्यामा घेरिने गर्दछन र कार्यमा असफलता भोगिरहेका हुन्छन् । जुन वस्तु या सुख-सुविधाहरु हामीसँग छन, हामी त्यसमै सन्तुष्ट हुन सक्नुपर्छ । आचार्य चाणक्यले तीन यस्ता परिस्थिति बताएका छन, जुन हरेक व्यक्तिको लागि ज्ञान हुन सक्दछ ।

चाणक्य नीतिमा लेखिएको छः—

संतोषषस्त्रिषु कर्तव्यः स्वदारे भोजने धने।
त्रिषु चैव न कर्तव्यो अध्ययने जपदानयोः।।

यो चाणक्य नीतिको तह्रौँ अध्यायको १९ औँ श्लोक हो । हामीलाई कुन चिजमा सन्तोष लिनु पर्दछ र कुन चिजमा लिनु पर्दैन...

आचार्य चाणक्यका अनुसार पत्नी यदी सुन्दर छैनन भने व्यक्तिले सन्तोष लिनु पर्दछ । विवाहपछि कुनैपनि परिस्थितिमा अन्य स्त्रीमा मोहित हुनु हुँदैन । किनकी यो बानीको कारण कयौँ समस्याहरू सुरु हुने गर्दछन् ।

खानेकुरा जस्तो पाइन्छ, प्रशन्न भएर ग्रहण गर्नु पर्दछ । कहिल्यैपनि खानमा गनगन र जूठो खाना छाड्नु हुँदैन । व्यक्तिसँग जतिनै पैसा भएपनि, जति आय हुन्छ त्यसमै खुसी रहनु पर्दछ । आयभन्दा बढि खर्च गर्नु हुँदैन । जस्तो आर्थिक अवस्था छ सोहीनुसार व्यय गर्नु पर्दछ । अर्काको सुख-सुविधालाई देखेर डाहको भावना मनमा ल्याउनु हुँदैन । तबमात्र जीवन सुखी र खुसी रहन्छ । नत्र सुख-शान्ति हराउने गर्दछ ।

चाणक्य नीतिका अनुसार यी तीन कुराः सन्तोष गरेर लिनु पर्दछ नत्र कष्ट झेल्नु पर्ने हुन्छ । पत्नीको सुन्दरता, भोजन र धनमा असन्तुष्ट हुनुहुँदैन ।

नीति अनुसार दान र जपमा सन्तोष गर्नु हुँदैन । यी तीन कर्म जति बढि गरिन्छ त्यति नै पुण्य वृद्धि हुने गर्दछ । जति बढि अध्ययन गरिन्छ उति नै ज्ञान बढ्दछ । ज्ञानी व्यक्ति जीवनमा सुख-शान्तिले रहन सक्दछ । दान गर्दा सन्तोष गर्नु हुँदैन । दान गर्दा अर्काको मख्त हुन्छ र हामीलाई पुण्य लाभ प्राप्त हुन्छ ।

मन्त्रको जप गर्दा हामी सन्तुष्ट हुनुहुँदैन । मन्त्रको जप जति बढि गरिन्छ त्यति नै सिद्धप्राप्त गर्ने सम्भावना बढि हुन्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत