विश्व

९६ वर्षको उमेरमा गोताखोरमा तोडे रेकर्ड, समुन्द्रमा ४८ मिनेटमा ४२ मिटर गहिराइ नापे

साइप्रस । दोस्रो विश्व युद्धको हिस्सा रहेका ९६ वर्षिय वृद्ध वूलेले आफ्नो ९६ औँ जन्मदिनमा समुन्द्रमा ४२ मिटर सम्म गोताखाेर गरेर आफ्नो नै रेकर्ड तोडे । उनलाई ४२.४ मिटर गहिराईमा पुग्नको लागि ४८ मिनेटको समय लाग्यो ।

तीन वर्ष पहिले ९३ वर्षको उमेरमा उनले ४४ मिनेटमा ४०.६ मिटरसम्म गहिराइ नापेका थिए । यिनको रेकर्ड अहिलेसम्म कसैले तोडेका छैनन् ।

रिपब्लिक अफ साइप्रसका वूलेले २८ अगष्ट आफ्नो ९६ औँ जन्मदिन मनाए । उनी भन्छन्—प्रतियोगिताको समयमा ४७ अन्य गोताखोरले भाग लिएका थिए । मलाई समुन्द्रमा गोताखोरी गर्न एकदमै मन पर्छ । पछाडिपनि यस्तै गर्नेछु र पुरै रेकर्ड तोडेर फेरी नयाँ नाम हासिल गर्नेछु ।

वूले दोस्रो विश्वयुद्धमा एक रेडियो अपरेटर थिए । सो युद्धको ७५ वर्ष पछि उनको फिटनेस र गोताखोरीको कला सोशल मिडियामा आएको थियो । वूलेको बहादुरी र कुख्यातीमा एउटा डकुमेन्ट्री पनि बनेको छ, जसको नाम ‘लाइफ बिगिन्स एट ९०’ हो । यसको प्रदर्शन बोस्निया—हर्जेगोविना फिल्म फेस्टिवलमा गरिने छ ।

यो उपलब्धीमा कुरा गर्दै वूलेले भने, ‘यो अविश्वासनिय छ । म ५९ वर्षबाट समुन्द्रमा गोता गरिरहेको छु । अहिले गरिएको डाइविंग मेरो लागि सबैभन्दा यादगार थियो । किनकी मसँग कयौँ अन्य गोताखोर थिए । तर कसैले रेकर्ड तोड्न सकेनन् । म अब आउने वर्षपनि रेकर्ड तोड्न चाहन्छु ।’ एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत