प्रेरणा

चन्द्रमाले तय गर्दछ कुनैपनि व्यक्तिको जन्म राशि

Photo: Alamy Live News

काठमाडौँ । चन्द्रमाको नेपालमा पौराणिक महत्व त छ नै जन्म कुण्डलीमा पनि यसको महत्व छ । यो नवग्रहमा सूर्यपछिको सबैभन्दा महत्वपूर्ण ग्रह मानिन्छ । तर पृथ्वीको सबैभन्दा नजिक भएका कारण यसले मनुष्यमाथि सबैभन्दा धेरै प्रभाव पार्दछ ।

जन्मको समय चन्द्रमाको स्थितिबाट नै कुनैपनि मनुष्यको जन्म राशि र स्वभाव तय हुने गर्दछ । किनकी चन्द्रमालाई मनको स्वामी पनि भनिन्छ । ज्योतिषीय गणना अनुसार यदि जन्म कुण्डलीमा चन्द्रमाको अवस्था सहि नभए मन र मस्तिष्कमा समस्या आउन सक्छ ।

कुनैपनि मनुष्यको जन्म भएको समयमा जन्म कुण्डली बनाइने गरिन्छ । त्यसमा चन्द्रमा सबै बारह भावमा जुन नम्बरको भावमा विराजमान हुन्छ त्यो १२ राशिमा त्यहि नम्बरको राशि त्यो मनुष्यको हुने गर्दछ । यसको साथ नै जन्म लग्नसँग चन्द्रलग्नको कुण्डली पनि बनाइन्छ ।

चन्द्रमा सबै नौ ग्रहमध्ये सानो मानिन्छ । तर, उ पृथ्वीको सबैभन्दा नजिक र सबैभन्दा तेज गतिमा हिँड्ने ग्रह पनि हो । चन्द्रमाको छिटो गतिबाट हिँड्ने हुँदा सबै ज्योतिषीय गणनामा यसको उपयोगिता छ । चन्द्रमाको बारेमा भनिन्छ कि जन्मको समय उ जुन नक्षत्रमा हुन्छ त्यो नक्षत्रको स्वामीबाट ग्रहको दशा प्रारम्भ हुने गर्दछ । ज्योतिषीय गणनामा शुभ र अशुभ समय हेर्नको लागि दशा, अंतरदशा र प्रत्यंतर दशा निकालीने गरिन्छ । यो सबै चन्द्रमाबाट नै निकालिन्छ ।

ज्योतिषीय महत्वको अलावा चन्द्रमाको पौराणिक महत्व पनि छ । पुराणमा चन्द्रमाको उत्पति समुन्द्र मन्थनको समयमा निकालेको १४ रत्नमा एकको रुपमा गरिन्छ । चन्द्रमा लक्ष्मी जी को साथमा समुन्द्र मन्थनबाट प्रकट भएका थिए । शिवजीले समुन्द्र मन्थनको समय विष पिएका थिए । यसकारण उनले शीतलताको लागि चन्द्रमालाई आफ्नो मस्तिष्कमा धारण गरे ।

समुन्द्र मन्थनको समय विष्णु भगवान मोहिनी अवतार धारण गरेर देवता र दानबलाई अलग अलग राखेर देवतालाई अमृत ख्वाइरहेका थिए तब राक्षसमध्ये एक देवताको भेषमा आएर बसे । सूर्य र चन्द्रमाले उसलाई देखे, उनले चिच्याए, मोहनी अवतार लिएका विष्णुजी ले राक्षसको शिर जिउबाट अलग गरिदिए ।

यसकारण चन्द्रमाकोे पृथ्वीमा सिधा प्रभाव पर्दछ । चन्द्रमाको किरणका कारण पृथ्वीमा ज्वारभाटा आउने गर्दछ । चन्द्रमाको शुक्ल पक्ष र कृष्ण पक्षमा प्रभाव पर्दछ । मनुष्यको मनको स्वामी भएका कारण चन्द्रमाको अवस्थाले नै मनुष्यको स्वभाव जानिन्छ । जन्म कुण्डलीमा यदि चन्द्रमा उचो भए मनुष्यको मनमा सकारात्मक विचार सिर्जना हुने गर्दछ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत