शिक्षा

शिक्षक दिवसः सूर्यदेवसँगै हिँड्दा हिँड्दै हनुमानजी ले प्राप्त गरेका थिए शिक्षा

काठमाडाैँ । आज शिक्षक दिवस हो । यो दिन शिक्षकको विशेष सम्मान गरिन्छ र आज गरिएको पनि छ । मानव या देवताले पनि गुरुको स्थान सबैभन्दा माथि मानेका छन् । यसकारण श्रीराम ले ऋषि वशिष्ठ तथा विश्वामित्रलाई गुरु बनाए र श्रीकृष्णका गुरु सांदीपनि थिए । शिवजी को अंशावतार हनुमानजी ले सूर्यदेवलाई आफ्नो गुरु बनाए ।

हिँड्दा हिँड्दै ज्ञान लिए

हनुमानजी का माता-पिता (केसरी र अंजनी) ले उनलाई सूर्यदेवसँग शिक्षा ग्रहण गर्न पठाएका थिए । हनुमानजी ले सूर्यदेवलाई प्रशन्न गर्नको लागि प्रार्थना गरे र गुरु बन्नको लागि आग्रह गरे । तब सूर्यले भने— म त एक पल पनि रोकिन्न, न म रथबाट उत्रिन सक्छु । यस्तो स्थितिमा म तिमीलाई शास्त्रको ज्ञान कसरी दिन सक्छु ?

हनुमानजी ले भने— तपाईं बिना गति कम गर्दै मलाई ज्ञान दिनुहोस् । म हिँड्दै ज्ञान ग्रहण गर्न चाहन्छु । 

सूर्यदेव तयार भए । यसपछि सूर्यदेव वेद र शास्त्रको रहस्य भनिरहेका थिए र हनुमानजी उनीसँगै हिँड्दै ज्ञान ग्रहण गरिरहेका थिए । यसैप्रकारले उनले सूर्यदेवसँग ज्ञान लिए ।

अजर-अमर हनुमानजी

माता सीताको आशिर्वादबाट हनुमानजी अजर-अमर मानिएको छ । अर्थात हनुमानजी हरेक युगमा जहिल्यै जीवित रहन्छन र उनी कहिल्यै बुढो हुँदैनन् । उनका पिताको नाम केसरी र माताको नाम अंजनी थियो । हनुमानजी ले सूर्यदेवद्वारा दिइएको शिक्षाबाट नै ज्ञानी र भगवान श्रीरामको परम भक्त भए ।
 

गाउँ सहर डेस्क

तपाईँको मत