शिक्षा

शिक्षक दिवसः यदी तपाईं आफ्नो कामबाट खुसी हुनुहुन्छ भने काममा निखार आउँछ- अरस्तु

काठमाडौँ । आज १९ गते बिहिबार, शिक्षक दिवस हो । यो अवसरमा जान्नुहोस सम्राट सिकंदरका गुरु अरस्तुका केही कुराहरु बुझ्नैपर्छ । यी कुराले तपाईंकाे जीवनका विभिन्न वाधालाई हटाउँदै सफलता प्राप्त गर्नमा सहयोग पुग्न सक्छ ।

यूनानका दार्शनिक

यूनानका विश्व प्रशिद्ध दार्शनिक अरस्तुको जन्म ३८४ ई.पू. स्टेगेरिया नामक सहरमा भएको थियो । उनको मृत्यु ३२२ ई.पू. मा भएको थियो । अरस्तुले भौतिक विज्ञान, अध्यात्म, कविता, नाटक, संगीत, राजनीति, नीतिशास्त्र आदि विषयका कयौँ ग्रन्थ लेखेका थिए । उनले ज्ञानको बलमा नै सिकंदर विश्वका सबैभन्दा महान सम्राटमा मानिन्छ । अरस्तुले जीवनमा सफलता पाउन र सुख प्राप्त गर्नको लागि कयौँ नीति बताएका थिए ।

उनका १० कुरा जसले तपाईंको जीवनका समस्याहरु हटाउन मद्धतकारी हुन सक्छन्ः

  1. यदी हामी आफ्नो काममा खुसी छौँ भने काममा निखार आउँछ ।
  2. हामी कायर र अविवेकी हुनु हुँदैन, साहसी हुनु पर्दछ । साहसिक काम गरेपछि बहादुर बन्न सकिन्छ ।
  3. हाम्रो स्वभावले नै हामीलाई विश्वासनीय बनाउँछ, धन सम्पतिले होइन ।
  4. जो व्यक्ति डराउँछ, उसले कहिल्यैपनि प्रेम गर्न सक्दैन ।
  5. आफ्नो असल चरित्रबाट हामी अर्कासँग आफ्नो कुरा मनाउन सकिन्छ । राम्रा व्यक्तिका कुरा सबैले मान्दछन् ।
  6. राम्रो सुरुवात गर्दा आधा काम पूरा हुने गर्दछ ।
  7. केहीकुरा सिक्नु कुनै बच्चाको खेल होइन । हामी बिना परिश्रम केहीकुरा सिक्न सक्दैनौँ ।
  8. साथी बन्नु हतारको काम हो, तर साथित्व विस्तारै पाक्ने फल हो । 
  9. हाम्रो जीवन त्यतिबेला सार्थक हुन्छ जब आफ्नो लक्ष्यको लागि प्रयास गरिन्छ र त्यसलाई प्राप्त पनि गरिन्छ ।
  10. यदी तपाईं राम्रो लेख्न चाहनुहुन्छ भने सामान्य नागरिक जस्तै जिउनुहोस् । तर एक वृद्धिमान व्यक्तिजस्तै सोच्नुपर्दछ ।
     

गाउँ सहर डेस्क

तपाईँको मत