जीवनशैली

भान्सा काेठामा राख्नुहोस मक्खन चोरको चित्र, पूजाघरमा राख्नुहोस कन्हैयाको बाँसुरी

कन्हैयाको जन्मदिनले नयाँ खुसी लिएर आउँछ । संसारलाई प्रेमको सन्देश दिने भगवान श्रीकृष्णसँग जोडिएका केही सजिला उपाय गरेर हामी जीवनमा नयाँ उमंग, प्रेम र उत्साहको सञ्चार ल्याउन सक्छौँ ।

वास्तु शास्त्रका अनुसार घरमा भगवान श्रीकृष्णको चित्र लगाउनु अत्यन्तै शुभ मानिन्छ । वासुदेवद्वारा कन्हैयालाई टोकरीमा लिएर नदी पार गरेको चित्र घरमा लगाउँदा कयौँ समस्याहरु हट्ने विश्वास छ । कन्हैयाले मक्खन खाएको चित्र भान्सामा लगाउनुहोस् । भनिन्छ कि यस्तो गर्दा भण्डार भरिएर रहन्छ । सुत्ने कक्षमा कुनै देवी या देवताको चित्र नलगाउनुहोस् । तर श्रीराधा-कृष्णको चित्र सुत्नेकोठामा लगाउन सक्नुहुन्छ ।

महाभारत युद्धको चित्र घरमा लगाउनु हुँदैन । बाँसुरी भगवान श्रीकृष्णलाई प्रिय चीज हो । बाँसुरीलाई घरमा राख्दा सकारात्मक उर्जा प्रवाह गर्दछ । यसले वास्तु दोश पनि हटाउने विश्वास गरिन्छ ।

भगवान श्रीकृष्णलाई श्रृंगार मनपर्ने चीज हो । जन्माष्टमीको राति शिरानीको मूनी सात मोर राख्नुहोस, यसो गर्दा कालसर्प दोष भाग्ने विश्वास गरिन्छ । घरमा मयुरको प्वाँख राख्दा सुख, शान्ति प्रवेश गर्दछ । प्वाँख पर्समा राख्दा पर्स कहिल्यैपनि खाली नहुने विश्वास गरिन्छ । 
 

गाउँ सहर डेस्क

तपाईँको मत