जीवनशैली

फर्ज-ए-कुर्बान “बकर इद”

काठमाडाैँ । बकर इद, फर्ज-ए-कुर्बानको दिन । इजरत इब्राहिमकको कुर्बानी (बलि) लाई सम्झनास्वरुप बकर इद मनाइन्छ । हजर इब्राहिम, अल्लाहको हुकुममा आफ्नो छोराको कुर्बानी दिन तयार भएका थिए ।

इस्लाममा मिठो इद अर्थात इद-उल-फितरपछि बकर इद सबैभन्दा प्रमुख पर्व हो । यस्तो बताइएको छ कि अल्लाह (भगवान) ले एक दिन हजरत इब्राहिमलाई सपनामा उनको सबैभन्दा प्रिय चीजको कुर्बानी मागे । हजरत इब्राहिमले आफ्नो छोरालाई धेरै माया गर्दथे, त्यसपछि प्रिय चीज छोरालाई कुर्बानी दिने फैसला गरे । अल्लाहको हुकुम मान्दै हजरत इब्राहिमले जसरी आफ्नो आँखा बन्द गरि छोराको गर्दनमाथि हमला त गरे तर अल्लाहले उनलाई बचाएर बोकाको कुर्बानी गराइदिए । त्यहि समयबाट बकर इद मनाउन सुरु भयो ।

बकर इदमा गरिबको विशेष ध्यान राखिन्छ । बकर इदमा कुर्बानीलाई तिन हिस्सामा बाँडिन्छ । एक- आफ्नो लागि, दुइ- सम्बन्धितको लागि र तिन- गरिबको लागि । यो दिन ति मुस्लिम धर्मावलम्बीलाई अल्लाह तालाआको कुर्बानी गर्न साढे ५२ तोला चाँदी, साढे सात तोला सुन अनिवार्य बताइएको छ । तर उसमा कुनै कर्जा हुनु हुँदैन । 

कुर्बानीभन्दा पहिले ध्यान राख्नुपर्ने कुरा

बकर इद यसपटक सोमबार १२ तारिख अर्थात २७ गते आज मनाइँदैछ । बकर इद कुर्बानीको पर्व हो । आजको दिन बकरसँगै कयौँ जनावारको कुर्बानी दिइन्छ । यो पर्व मानाउने व्यक्ति अर्काको भलाईको लागि आफ्नो नजिकका चिजको कुर्बानी दिन सक्नुपर्ने मान्यता छ । कुर्बानीसँग जोडिएका धेरै कुराहरु, जुन ध्यानमा राख्नु अपरिहार्य छ ।

बकर इदको अवसरमा नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेन नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्बानी दिने विधान रहेको बताउँछन् । 

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।

अल्लाहको नाममा कुर्बानीगर्ने व्यक्तिको जिम्मेदारी यो बन्छ कि कुर्बानीको लागि कुनै पनि जनावार लिनुभन्दा अगाडि उसलाई राम्रोसँग हेर्नुहोस र गलत लागेमा त्यसलाई खरीद नगर्नु होस् । प्रतिबन्धित वा संरक्षित पशुको कुर्बानी गर्नु हुँदैन । 

इद सोमबारदेखि बुधबारसम्म तीन दिन मनाइन्छ । बुधबार सूर्यास्तअघि नै मुस्लिम धर्मावलम्बीले कुर्बान दिनुपर्ने धार्मिक विधान छ ।

गाउँ सहर डेस्क

तपाईँको मत