जीवनशैली

सन्तान प्राप्तिको लागि अवश्य राख्नुहोस यो पवित्र व्रत

काठमाडौँ । श्रावण महिनाको शुक्ल पक्ष एकादशीलाई पुत्रदा एकादशी, पवित्र एकादशी, पवित्रा एकादशी नामले पनि चिनिन्छ । हरेक महिनाको ११ औँ तिथि एकादशीमा व्रत-उपवास गरिन्छ । यो तिथि अन्यन्त पवित्र तिथि मानिन्छ ।

वर्षमा दुई एकादशीलाई पुत्रदा एकादशी नामले जानिन्छ । यो श्रावण र पौष महिनाको शुक्ल पक्षमा आउने एकादशी हो ।

सन्तान सुखको अभिलाषा राख्ने जो कोहीले पनि पुत्रदा एकादशीको व्रत अवश्य राख्नु पर्दछ । भनिन्छ यो व्रतको प्रभावले मनुष्य सम्पूर्ण पापबाट मुक्त हुन्छ । यदी निसन्तान मानिस यो व्रत विधि विद्यान एवं श्रद्धापूर्वक गर्छन भने सन्तानको प्राप्ति हुनेछ ।

यो व्रतमा भगवान श्री हरिको आराधना गरिन्छ । भक्तिभावले भगवानको अर्चना गर्नुहोस् । पूरै दिन निराहार रहेर संध्याको समयमा कथाको श्रवण गर्नुहोस् । सो पश्चात फलाहार गर्नुहोस् । यो उपवासमा अन्नको ग्रहण नगर्नुहोस् । तर एक समय फलाहार खान सक्नुहुन्छ ।

याे व्रतमा दीपदानको विशेष महत्व छ । विष्णु सहस्त्रनामको जप गर्नुहोस् र एकादशी कथा श्रवण गर्नुहोस् । राति भगवान विष्णुको मूर्ति नजिक भजन गर्नुहोस र द्वादशीमा ब्राम्हणलाई भोजन गराएर दान गर्नुहोस् । यो जानकारीमा हाम्रो कुनै दावी छैन ।
 

गाउँ सहर डेस्क

तपाईँको मत