जीवनशैली

श्रावणमा श्री कृष्णको पूजा गर्दा प्राप्त हुनेछ विशेष फल, राशि अनुसार यो मन्त्र जप्नुहोस्

काठमाडौँ । श्रावणमा भगवान शिवको पूजा अर्चनासँगै श्री कृष्णको आराधना गर्दा विशेष फल मिल्दछ । यदी श्रावण शुक्ल पक्ष अष्टमीदेखि भाद्रपद कृष्ण अष्टमीसम्म भगवान श्री कृष्णको पूजा अर्चना गरे विशेष फल प्राप्त हुने विश्वास छ । यदी तपाईं भगवान श्री कृष्णको अनन्य कृपा प्राप्त गर्न चाहनु हुन्छ भने राशि अनुसार भगवानलाई मन्त्रको जप गर्नुहोस् । यसले भगवान श्री कृष्ण भक्तलाई कृपा बनाई राख्नेछन् ।

राशि अनुसार यो मन्त्रको जप गर्नुहोस्ः

मेष : ॐ आदित्याय नम:।
वृषभ : ॐ आदिदेव नम:।
मिथुन : ॐ अचला नम:।
कर्क : ॐ अनिरुद्ध नम:।
सिंह : ॐ ज्ञानेश्वर नम:।
कन्या : ॐ धर्माध्यक्ष नम:।
तुला : ॐ सत्यव्त नम:।
वृश्चिक : ॐ पार्थसारथी नम:।
धनु : ॐ बर्धमानय नम:।
मकर : ॐ अक्षरा नम:।
कुंभ : ॐ सहस्राकाश नम:।
मीन : ॐ आदिदेव नम:।

पितृदोषबाट पनि मिल्नेछ मुक्तिः

  • श्रावणमा भगवान शिवले भक्तका बिग्रिएका काम बनाइ दिन्छन् । श्रावणमा पितृदोषबाट मुक्ति मिल्दछ । स्मरण रहोस् कुनैपनि व्यक्तिको जन्म कुण्डलीमा दोस्रो, चौथो, पाँचौँ, सातौँ, नवौँ, दशौँ भावमा सूर्य राहु या सूर्य शनिको युति स्थित भए त्यो पितृदोष मानिन्छ । पितृदोषबाट मुक्तिको लागि कयौँ उपायहरु छन् ।
  • यदी तपाईं पितृदोष हटाउन चाहनुहुन्छ भने अमावस्यालाई आफ्ना पूर्वज र पितृको नामबाट जति सक्नुहुन्छ त्यति दान गर्नुहोस् । यसमा दवाई, वस्त्र या भोजनको दान गर्न सकिन्छ ।
  • हरेक बिहिबार र शनिबार साँझ पीपलको जरामा जल अर्पण गर्नुहोस साथै ७ बार परिक्रमा लगाउनु होस् ।
  • आइतबारको दिन विहानको समयमा भगवान सूर्य नारायणलाई तामाको लोटामा सक्खर, रातो फूल, आदी राखेर जल चढाउनु होस् ।
  • आफ्ना आमा बुबा र वृद्ध व्यक्तिको चरणमा स्पर्श गर्नुहोस् । उनीसँग आशिर्वाद लिनुहोस् ।

लिलाले मन्त्रमुग्धः

धरतीमा जब जब पाप बढ्छ तब तब प्रभु अवतार लिएर पापीको संहार गरे । भगवान विष्णुको मोहक र सबैभन्दा लोकप्रिय अवतार भगवान कृष्णलाई मानिएको छ । भगवान विष्णुले द्वापर युगमा कृष्णको रुपमा अवतार लिएका थिए । उनले भक्तको भलोको लागि लिला पुरुषोत्तम भनिन्छ । भगवान कृष्णलाई उनका भक्त कन्हैयाको रुपमा याद गर्दछन् । कृष्णले केवल धर्तीमा नराम्रो कुराको नाश गर्ने सहित एक नया पाठ पढाए । मथुरा र वृन्दावनमा यस्ता स्थान छन जो भगवान कृष्णको स्वरुपको बयान गर्दछन् ।

श्रावणको महिनामा कृष्ण पक्षको अष्टमीबाट भदौ महिनाको कृष्ण पक्षको अष्टमीसम्म जो भक्त भगवान श्री कृष्णको पूजा गर्दछन उसमा मोक्ष प्राप्त हुन्छ । यस्तो मान्यता छ कि यो महिना भगवान श्री कृष्णको पूजा गर्दछन उनीहरु जहिल्यै स्वस्थ रहन्छन र उसको मनले चाहेको पुग्दछ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत