जीवनशैली

श्रावणमा मेहंदी लगाउँदा तनाव र टाउको दुख्ने समस्यामा राहत मिल्ने

काठमाडौँ । श्रावण हरियो महिना । महिनाभर भगवान शिव जीको पूजा गरिन्छ । हप्ताको सोमबार त झनै विशेष दिन हो । प्रकृतिको सुन्दर महिना हो श्रावण । शास्त्रमा महिलालाई पनि प्रकृतिको रुप मानिएको छ । यस्तो प्रकृतिमा समावेश हुनको लागि महिलाहरु मेहंदी लगाउने गर्छन् । नेपाल तथा भारतमा मेहंदी लगाउने प्रचलन सदियौँ देखि नै छ । हरेक उमेर समुहका महिलाहरु मेहंदीमा झुम्ने गर्दछन् । मेहंदी पूजा सामाग्रीमा पनि उपयोग गरिन्छ । धार्मिक महत्वसँगै मेहंदीको वैज्ञानिक कारणहरु पनि प्रशस्तै छन् ।

श्रावण महिना वर्षातको महिना हो । यो मौसममा कयौँ प्रकारका रोगहरु फैलने डर हुन्छ । आयुर्वेदमा हरियो रंगले कयौँ रोगको रोकथाम हुने उल्लेख छ । मेहंदीको सुगन्ध र चिसोले तनाव कम गर्दछ । चिसोले अत्यधिक गर्मीलाई कम गर्दछ । हात र खुट्टाको पैतालामा मेहंदी लगाउँदा शरीरको गर्मी कम हुन्छ । मेहंदीमा कयौँ औषधीय गुण हुने गर्दछ । यसले शितलता, तनाव कम, शिरदर्द र रुघाखोकीमा राहत गराउँछ । मेहंदी लगाउँदा छाला सम्बन्धी धेरै रोगहरुबाट मुक्ति दिलाउँछ । साथै छाला पनि सुन्दर बनाउँछ ।

श्रावणमा धेरै पर्व पर्दछन् । यो महिना महिलाहरु व्रत र अनेक पूजा पाठमा व्यस्त हुन्छन् । यसैको कारण महिलाले अखण्ड सौभाग्य प्राप्त गर्दछन्, घरमा समृद्धि आउँछ । धर्मग्रन्थका अनुसार महिलालाई सौभाग्य प्राप्ति गर्ने तीज र व्रतमा सोह्र श्रृंगार गर्नु जरुरी मानिएको छ । अर्थात सौभाग्य प्राप्तिका चिजलाई धारण गर्नु पर्दछ भन्ने मान्यता छ । 

मेहंदी महिलाहरुको सौभाग्य सामाग्रीमध्ये एक हो । यसकारण श्रावण महिनामा मेहंदी लगाइन्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत