जीवनशैली

नाग पूजाः सर्पले दूध पिउँदैन, उसको लागि विष समान, प्रतिमामा पूज्नुहोस्

नाग पूजामा बेसार चढाउनुहोस, धूप-दियो जलाएर पूजा गर्नुहोस र मिठाइ भोग लगाउनुहोस् ।

काठमाडौँ । हिन्दु धर्ममा पशुपंक्षीको पूजा गर्ने परम्परा छ । पर्यावरणलाई व्यवस्थित गर्नको लागि यी कुराहरुको महत्व छ । आज नाग पञ्चमी सर्पको पूजा गरिन्छ । हरेक वर्ष श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथीमा यो पर्व मनाइन्छ ।

ज्योतिष पं शैलेष उपाध्यायले सर्पलाई दूध पिलाउनबाट बच्नुहोस् भन्छन् । उनका अनुसार भगवान शिव नागलाई गहनाको रुपमा धारण गर्दछन् । पञ्चमीमा शिवजीसँग नागको पूजा पनि गर्नुहोस् । जीवित सर्पलाई होइन कि त्यसको प्रतिमामा दूध चढाउनु होस् । नागको पूजा सदैव नाग मन्दिरमा गर्नु पर्दछ ।

सपेराले सर्प पक्रेर उसको दाँत फालिदिन्छन् जसले गर्दा सर्पले शिकार गर्न सक्दैन र पञ्चमीपछि भोकले मर्छ । यसको पाप पूजा गर्नेलाई पनि लाग्छ । यो भ्रममा नपर्नुहोस कि नागले दूध पिउँछ भनेर । नाग शाकाहारी प्राणी होइन, उसले दूध पिउँदैन । दूध सर्पको लागि जहर जस्तै हो, यसले सर्प मर्न सक्छ ।

पं उपाध्यायका अनुसार नाग पूजामा हल्दी (बेसार) को उपयोग गर्नु पर्दछ । धूप, दिया, अगरबत्ती जलाएर नागको पूजा गर्नु पर्दछ । देवतालाई जस्तै मिठाइको भोग लगाएर नरिवल अर्पित गर्नु पर्दछ ।

ज्योतिषका अनुसार कयौँ मानिसहरु नाग पञ्चमीको दिन कालसर्प दोष को पूजा गर्दछन् । तर यो जरुरी छैन कि कालसर्पको पूजा नाग पञ्चमीकै दिन गर्नुपर्छ भनेर । जन्म कुण्डलीमा एउटा दोष हुन्छ त्यो नै सर्पदोष हो । यसको सर्पसँग कुनै सम्बन्ध हुँदैन ।

सर्पसँग जोडिएका जानकारी

  • सर्पको आयु अधिकतम एक सय वर्ष हुन्छ ।
  • यसको मृत्यु ८ प्रकारले हुन्छ ।
  • सर्पले ८ कारणले गर्दा डस्ने गर्दछ ।
  • सर्पको एक मुख, बत्तीस दाँत, दुइ भाग बाँडिएको एक जिब्रो, विषपूर्ण चार दाह्रा हुन्छन् ।
  • इमदूति नामको दाह्राले टोकेमा बाँच्न मुश्किल हुन्छ ।
  • सर्पको सधैँ विष हुँदैन । 
     

गाउँ सहर डेस्क

तपाईँको मत