प्रेरणा

शिवजी र अर्जुनबीच भएको थियो युद्ध, प्रशन्न भएर शिवजीले दिएका थिए दिव्यास्त्र

महाभारतमा जब कौरव र पाण्डवबीच युद्ध तय भयो त्यो बेला अर्जुन देवराज इन्द्रबाट दिव्यास्त्र प्राप्त गर्न चाहन्थे । यसकारण अर्जुन इन्द्रसँग भेट्न इन्द्रकील पर्वतमा पुगे । इन्द्रकील पर्वतमा इन्द्र प्रकट भए र उनले अर्जुनलाई भने कि मबाट दिव्यास्त्र प्राप्त गर्नुभन्दा पहिले तिमीले शिवजीलाई प्रशन्न गर्नुपर्छ । त्यसपछि इन्द्रको कुरा मानेर अर्जुन शिवजीलाई प्रशन्न गर्ने तपस्या सुरु गरे ।

अर्जुन जहाँ तपस्या गरिरहेका थिए त्यहाँ मूक नामक एक जंगली बंगूरको रुप धारण गरेर गयो । उ अर्जुनलाई मार्न चाहन्थ्यो । यो कुरा अर्जुनले थाहा पाए र उनले आफ्नो धनुषमा वाण चढाए र वाण छोड्न आँटेका थिए त्यहि समय शिवजी एक वनवासीको भेषमा त्यहाँ आए र अर्जुनलाई वाण चलाउन रोके ।

वनवासीले अर्जुनसँग भने— यो बंगूरमा मेरो अधिकार छ, यो मेरो शिकार हो, किनकी तिमीभन्दा अगाडि मैलै आफ्नो लक्ष्य बनाएको थिएँ । यसकारण तिमी मार्न सक्दैनौ । तर अर्जुनले यो कुरा मानेनन र धनुषबाट वाण छाडे । वनवासीले पनि तुरुन्तै एक वाण बंगूरतर्फ छाडे ।

अर्जुन र वनवासीका वाण एक साथ बंगूरमा लाग्यो र बंगूर मर्यो । यसपछि अर्जुन वनवासीको नजिक गए र भने कि यो बंगूर मेरो लक्ष्य थियो, यसमा तपाईंको वाणले किन मार्नुभयो?
दुबैजना आफ्नो अधिकार ढिप्पीमा लागे । अर्जुनले यो कुरा जान्दैनथे कि वनवासीको रुपमा शिवजी छन् । वाद—विवाद बढ्दै गयो र दुबैजना युद्ध गर्न तयार भए ।

अर्जुनले वनवासीतर्फ वाणको वर्षा गराए तर एउटा वाणले पनि वनवासीलाई नोक्सानी भएन । अनेक प्रयास गर्दा पनि अर्जुनले वनवासीलाई हराउन सकेनन् । त्यो बेला अर्जुनले विचार गरे कि वनवासी सामान्य व्यक्ति पक्कै होइनन् । अर्कोतिर जब वनवासीले अर्जुनमाथि प्रहार गरे तब अर्जुन ती प्रहारबाट सहन सकेनन र अचेत भए ।

केही समय पछि अर्जुनलाई होश आयो तब माटोको शिवलिंग बनाए र उसमा एक माला चढाए । अर्जुनले माला शिवलिंगमा चढाएका थिए तर वनवासीको गलामा देखे ।

यो देखेर अर्जुनले थाहा पाए कि शिवजीले नै वनवासीको भेष धारण गरेका हुन् । यो जानेपछि अर्जुनले शिवजीको आराधना गरे । शिवजी पनि अर्जुनको पराक्रबाट प्रशन्न भएर पाशुपतास्त्र दिए । शिवजी प्रशन्नता पछि अर्जुन देवराज इन्द्रकोमा गए र उनीबाट दिव्यास्त्र प्राप्त गरे ।
 

गाउँ सहर डेस्क

तपाईँको मत