प्रेरणा

गायत्री मन्त्र जप गर्दा यी कुराहरु ध्यानमा राख्नुहोस, के हो यो महामन्त्रको अर्थ

काठमाडाैँ । गायत्री मन्त्रलाई वेदमा  चमत्कारीक एवम् फाइदाजनक बताइएको छ । वेदको कुल सँख्या चार छन् । यी चार वेदमा गायत्री मन्त्रको वारेमा उल्लेख गरिएको छ । मानिन्छ कि यो मन्त्र यतिविघ्न शक्ति छ जुन नियमित तीन पटक जप गर्ने व्यक्तिको नजिक नकारात्मक शक्तिको छायाँ पर्दैन । गायत्री मन्त्रको जप बाट कयौँ प्रकारको लाभ हुने गर्दछ । यो मन्त्रले बौद्धिक क्षमता र मेघा शक्ति अर्थात स्मरण क्षमता बढाउँछ ।

गायत्री मन्त्र र यसको अर्थ
मन्त्रः ऊँ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात् ।

ॐ - ईश्वर 
भू - प्राणस्वरूप 
भुवः - दुःखनाशक
स्वः - सुख स्वरूप 
तत् - उस 
सवितुस् - तेजस्वी 
वरेण्यं - श्रेष्ठ 
भर्गाे - पापनाशक 
देवस्य - दिव्य
धीमहि - धारण गर्ने
धियो - बुद्धि
यो - जो 
नः - हाम्रो
प्रचोदयात् - प्रेरित गर्ने

अर्थः उस प्राणस्वरूप, दुःख नाशक, सुख स्वरूप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देव स्वरूप परमात्मालाई हामी अन्तरात्मा मा धारण गर्छौँ। उनी ईश्वरले हामीलाई बुद्धिको सन्मार्गमा प्रेरित गर्नुहोस्।

गायत्री मन्त्र जप गरेको समयमा यी कुरालाई ध्यानमा राख्नुहोस्

  • मन्त्र पढेको समय आरामदायक स्थितिमा बस्नुहोस् । जस्तै पद्मासन, अध्र्व पद्मासन र सिद्धासन । कुनै आसनमा बसेर गायत्री मन्त्रको जप गर्नु पर्दछ ।
  • यो मन्त्रको जप नुहाइधुवाई गरेर सफा लुगा लगाएर गर्नु पर्दछ ।
  • मन्त्रको जप सूर्योदयभन्दा दुइ घण्टा अगाडिदेखि सूर्यास्तभन्दा एक घण्टा पछि सम्म गर्न सकिन्छ । मौन अर्थात मानसिक जप कुनैबेला गर्न सक्नुहुन्छ । तर रातमा यो मन्त्रको जप गर्नु हुँदैन । राति मन्त्रको जप लाभकारी नहुने विश्वास गरिन्छ ।
  • यदी मालाले गायत्री मन्त्रको जप गर्न चाहनुहुन्छ भने १०८ मनको मालालाई राख्नुहोस् । यसको लागि तुलसी या चन्दनको माला राख्नुहोस् ।
  • यो मन्त्रलाई छिटो छिटो पढ्नु हुँदैन । यसको महत्व र अर्थलाई बुझेर मात्र उच्चारण गर्नु पर्दछ ।
     

गाउँ सहर डेस्क

तपाईँको मत