प्रेरणा

गुरु पूर्णिमा, २०७६ः यसरी गर्नुहोस पूजा (विधिसहित)

काठमाडौँ । यसपटक चन्द्र ग्रहणकै दिन गुरु पूर्णिमा परेको छ । कुनैपनि व्यक्तिको सफलतासँग गुरुको हात रहन्छ । जीवनमा कुनैपनि कार्य गर्नको लागि पहिले सिक्नु पर्दछ र सिकाउने व्यक्ति नै गुरु हुन् । गुरु कुनै रुपमा प्राप्त गर्न सकिन्छ । गुरु माता, पिता वा अन्य जो पनि हुन सक्दछ । हिन्दु धर्ममा गुरुलाई सर्वोपरि मानिएको छ । यही कारण गुरु पूर्णिमाको दिन गुरुको विशेष पूजा अर्चना गरिन्छ । 

सामान्यतयाः गुरुको महत्व अध्यात्ममा सर्वोपरि मानिएको छ । गुरुले आफ्नो शिष्यलाई जुनसुकै परिस्थितिको लागि तयार गर्दछन् । सबै धर्ममा गुरुको अलग अलग महत्व रहेको छ । जो व्यक्ति धेरै भाग्यशाली हुन्छ उसलाई गुरुबाट दीक्षा मिल्दछ । तर जो व्यक्ति कुनै गुरु बनाउन सक्दैन उसले साधनाको सहारा लिने गर्दछन् । 

यस्तो छ पूजा विधिः
सबैभन्दा पहिले एउटा सफा स्थानमा सेतो वस्त्रलाई विछ्याएर त्यसमा चामल राख्नुहोस् । चामल माथि कलश र सो माथि नरिवल राख्नुहोस् । त्यसपछि उत्तराभिमुख भएर आफ्नो नजिक गुरु या भगवान शिवको तस्विर राख्नुहोस् । भोलेनाथलाई पनि गुरु मान्न सक्नुहुन्छ । महादेवलाई गुरु मानेर मन्त्र पढ्दै श्रीगुरुदेवलाई आव्हन गर्नुहोस् ।

मन्त्रः
‘ऊँ वेदादि गुरुदेवाय विद्य्महे, परम गुरुवे धीमहि, तन्नौः गुरुः प्रचोदयात ।।’
हे गुरुदेव! म तपाईंको आह्वान गर्दछु ।

आज अषाढ पूर्णिमाको दिन गुरु पूर्णिमाको अवसर मिलेको छ । राति चन्द्रग्रहण लाग्नेछ । तर ग्रहणको समय पनि मन्त्रको जप गर्न सकिन्छ । यसले विशेष लाभ प्राप्त हुने बताइन्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत