दृष्‍टिकोण

‘किशुनजी भन्दा कडा लोकी!’

झाेला बाेकेर लुरूलुरू

काठमाडौँ । शालिन र सन्त नेताको रुपमा नेपाली राजनीतिमा स्वर्गिय भूतपूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाम आई नै रहन्छ । किनकी उनले प्रधानमन्त्री कार्यालय छिर्दापनि छाता र टिनको बाकस लगे र फर्कँदा पनि त्यहि नै लिएर फर्के ।

नेपाली राजनीतिमा अब यस्ता कुरा गर्ने नेता छैनन भन्दा हुन्छ । सबै कुनै न कुनै मुद्धामा नमुछिएका र अकूत नकमाई फर्केका छैनन् । भट्टराई जस्ता सन्त अब पाउन मुस्किल रहेको स्वयं राजनीतिक पण्डितकै मुखराविन्दबाट निस्किएको हामीले सुनेका पनि छौँ । 

कृष्णप्रसाद भट्टराई (वि.सं. १९८१-२०६७, राजनीतिक नाम : किशुनजी) नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदकाा पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री थिए । उनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए । उनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर-उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए । भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए ।

भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व उनले सफलता पूर्वक बहन गरेका थिए । तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौंबाट पराजित भएका थिए । पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए ।

गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे । यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे । हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो । गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको थियो । पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा अहिलेपनि लिइन्छ । उनैको उदाहरणले केहीले राजनीति पनि गरिरहेकै छन् ।

डेनमार्कका प्रधानमन्त्रीको तस्विरसँग आज उनी जोडिन पुगे । थाहा छैन, उनी र उनी जोड्न लायक हुन कि होइनन भन्ने बारेमा । तर पद नरहँदाको व्यवहारले यी दुइ नेताको कुनै न कुनै व्यवहार र बानी मिल्न गएको छ । कोट्याउनुपर्ने विषय बनेको छ ।

भर्खरै डनमार्कका प्रधानमन्त्रीले आफ्नो चारवर्षे कार्यकाल सकेर बिहिबार घर फर्कँदा उनी पैदल हिँडेर फर्किएका छन् । प्रधानमन्त्री लार्स लोकी रस्मोशेन एउटा झोलामात्र बोकेर बाटोमा हिँडेका तस्विरहरु पनि अहिले भाइरल बनेका छन् । हुन त यहाँ हरेक चिज भाइरल हुँदा यो घटनापनि हो कि भन्ने शंकाहरु पनि काटिएको छ । तर यो शंका लंका लैजानुहोस् । बनिबनाउ होइनन् यी तस्विरहरु ।

लार्स डेनमार्कका २५ औँ प्रधानमन्त्री थिए । २०१५ जुन २७ बाट २७ जुन २०१९ को ४ वर्षे कार्यकाल बिताए । त्यहाँबाट निस्केर उनी हिँडेरै घर गए । उनले ६ जुन २०१९ मा राजिनामा दिएका थिए ।

हुन त उनको राजनीतिक जीवन सन् १९८६ बाट सुरु भएको देखिन्छ । कतै न कतै उनी पदमा रहेर प्रधानमन्त्री भएका थिए । उनका जीवनमा विवादहरु नआएका पनि होइनन् । उनले त्यहि विषयमा करहरु तिरेका पनि थिए, केही आरोपहरु प्रमाणीत हुन सकेनन् । उनलाई सामाजिक व्यक्तित्व नभएको पनि आरोप धेरैतिर लागेको पनि छ । उनका एक श्रीमति र ३ छोरा छोरी छन् । उनी लिवरल भेन्स्टर पार्टीका नेता हुन् ।

मानिसको जीवनमा उतार चढाव हुन्छ, यो शास्वत नियम नै भित्र पर्छ । लार्समा पनि त्यो भएकै हो तर उनको बिहिबारको बर्हिगमन जुन पद सकिनु एक दिन अगाडि नै लुरुलुरु व्याग काँधमा भिरेर गएको दृश्यले हाम्रा नेपाली नेताहरुमा पाठ सिकाउन सक्ला! कि यो नेताको जमातले पागलको संज्ञा देला! हेर्न र सुन्न बाँकी छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत