जीवनशैली

जान्नुहोस, रातिभन्दा विहान किन सेक्स उचित !

  • एजेन्सी
  • ९ बैशाख सोमबार, २०७६ | २१:२४:०० मा प्रकाशित

यदी तपाईंलाई सेक्स गर्ने समय सोधियो भने सायद तपाईंले जवाफ दिन सक्नुहुन्न । तर, एक अध्ययनको नतिजालाई मान्ने हो भने मर्निङ्ग सेक्स मुटुको लागि राम्रो हुने बताइएको छ । यतिमात्र होइन विहानको समयमा सेक्स गर्दा अन्य कुराहरुमा पनि फाइदा पुग्ने उल्लेख छ । जस्तैः आयुर्वेदले सेक्सको असली मज्जा त्यतिबेला आउँछ जब दुबै पार्टनर पूर्णतया आनन्द महशुष गर्दछन् ।

सामान्यतयाः सेक्सको लागि रातिको समय चुनिन्छ तर विहानको सेक्सको यी फाइदाहरु सुनेर तपाईं विहानको बानी पार्न सक्नुहुन्छ । जान्नुहोस किन...

  1. दिनभरीको थकान सेड्युलपछि राति सेक्सको बारेमा सोच्न मुश्किल हुने गर्दछ । यस्तो अवस्थामा राति सुतेर विहान फ्रेस मूडमा तपाईं कोशिष गर्न सक्नुहुन्छ । अध्ययनले पनि राम्रो निन्द्रा स्वास्थ्यको लागि अपरिहार्य बताएको छ ।
  2. अध्ययनको नतिजालाई मान्ने हो भने सेक्सको समयमा ओक्सिटोसिन हार्मोन रिलीज हुने गर्दछ । यसले तपाईंको मूड राम्रो बनाउँछ । ओक्सिटोसिन पार्टनरले तपाईंको नजिकपन बढाउँछ । यसले गर्दा तपाईं पार्टनरसँग दिनभर नै जोडिनुहुन्छ ।
  3. तपाईं दुबै विहान अफिस जानुहुन्छ भने पटक पटक नुहाउने कुरामा पर्खनुपर्ने जरुरी छैन । विहानको समयमा शावर सेक्स कोषिश गर्नुहोस् । समय पनि बच्नेछ र दिनको राम्रो शुरुवात यो भन्दा अरु के हुन सक्छ र ?
  4. एक्सरसाइज गर्न यदी तपाईंलाई आल्छी लाग्छ भने मर्निङ्ग सेक्सले वर्कआउटलाई रिप्लेस गर्न सक्छ । अधिकांश मान्छन की सेक्स गर्दा एक घण्टामा ३०० क्यालोरी बर्न हुने गर्दछ ।
     

एजेन्सी

तपाईँको मत