दिगोविकास

‘जय नेपाल दाजु-दिदी’ मा अल्झिएको नेविसंघकाे धर्नामै गयाे जाेवन, अब बूढेसकालतिर ?

गौरवमय उज्यालो इतिहासलाई पुनस्र्थापित गर्न अविलम्ब महाधिवेशन आवश्यक छ ।

मुलुकमा हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो नेपाल विद्यार्थी संघ (नेविसंघ) । आजभन्दा ५० वर्षअघि स्थापना भएकाे अर्थात कृष्णप्रसाद भट्टराईले वनकालीको जंगलमा ६ वैशाख ०२७ मा नेपाल विद्यार्थी संघको उद्घाटन गरेका थिए । तदर्थ समितिको प्रथम अध्यक्ष विपिन कोइरालाको नेतृत्वमा कार्य समिति चयन भएकाे थियाे । एक वर्षपछि ०२८ सालमा नेपाल विद्यार्थी संघको पहिलो महाधिवेशन चितवनमा सम्पन्न भयो । जसबाट शेरबहादुर देउवा अध्यक्षमा चयन भए भने रामशरण महत महामन्त्री भए ।

तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली कांग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना गरिएको थियो । 

जनताका वाक् स्वतन्त्रता खोसिएको र शान्तिपूर्ण आन्दोलन गर्न तथा संगठित हुन प्रतिबन्ध लगाइएको समयमा नेविसंघकाे स्थापना भएकाे थियाे । तत्कालीन पञ्चायती शासकले राजनीतिक गतिविधि बन्द गरेको अवस्थामा आन्दोलनलाई जरैदेखि मजबुत गराउनु पनि नेविसंघ स्थापनाको उद्देश्य थियो । संघको पहिलो नेतृत्वकर्ताकाे जिम्मेवारी पाएका वाक् कला भएका विपिनको नेतृत्वमा देशभरका स्कुल र क्याम्पसहरूमा नेविसंघमार्फत लोकतन्त्रको बीउ रोप्ने योजना बीपीको थियो, जुन उद्देश्यमा बीपी सफल भए । 

नेपाली कांग्रेसका अहिलेका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले स्थापनाकालमा हाँकेको संस्था हो नेविसंघ । जाे चारपटक प्रधानमन्त्री बनेर पार्टीका शीर्ष नेतामध्ये एक छन् । कांग्रेसको अहिलेको केन्द्रीय राजनीतिमा स्थापित भएका सभापति देउवादेखि केन्द्रीय सदस्यहरूसम्मको अधिकांश अनुहारले पनि नेविसंघ नेता उत्पादन गर्ने नर्सरी भएको प्रस्ट्याउँछ । 

नेविसंघ कांग्रेस पार्टीमा नेता उत्पादनको नर्सरी मानिन्छ । नेपालको राजनीतिमा लामो क्रान्तिकारी इतिहास भएको, त्याग, बलिदान र क्रान्तिको संवाहक नेपाली कांग्रेसजस्तो विशिष्ट राजनीतिक दलको युवा शक्ति परिचालन गर्ने नेपाल विद्यार्थी संघ हो । नेपाली कांग्रेसका अहिलेका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले स्थापनाकालमा हाँकेको संस्था हो नेविसंघ । जाे चारपटक प्रधानमन्त्री बनेर पार्टीका शीर्ष नेतामध्ये एक छन् । कांग्रेसको अहिलेको केन्द्रीय राजनीतिमा स्थापित भएका सभापति देउवादेखि केन्द्रीय सदस्यहरूसम्मको अधिकांश अनुहारले पनि नेविसंघ नेता उत्पादन गर्ने नर्सरी भएको प्रस्ट्याउँछ । 

सबैभन्दा परिस्कृत र लामो इतिहास बोकेको नेविसंघ विद्यार्थी राजनीतिमा भिन्न पृष्ठभुमी भएको संगठन हो जसले संगठन सरल, सहज, शालीन र विद्यार्थीको शैक्षिक हितका लागि उत्तरदायी हुनुपर्छ भन्ने मुलभुत मान्यता राख्दछ । परिवर्तनको प्रतिनिधित्व गर्ने संस्था नेविसंघले लोकतन्त्र प्रतिको निष्ठा, वर्गिय हक अधिकार, सु–शासन, पारदर्शीता र जवाफदेहीतामा आफ्नो जिवन अर्पण गरेको छ ।

५० वर्षे इतिहासमा नेविसंघले जम्मा ११ महाधिवेशन, १८ सभापति पाएकाे छ । १८ सभापतिमध्ये एक मात्र सभापतिले समयमै अर्थात् निर्वाचित भएको दुईवर्षे कार्यकालभित्रै महाधिवेशन गरी नेतृत्व हस्तातरण गरेका छन् । पार्टी फुट्नुअघि ०५७ सालमा आठौँ महाधिवेशनबाट सभापतिमा चुनिएका विश्वप्रकाश शर्माले ०५९ मा नवौँ महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका हुन् । बाँकी सबै समय घर्केपछि निर्वाचन वा मनाेनयन भएर चलेकाे तथ्य छ । 

पछिल्लोपटक विविध कारणले नेविसंघको महाधिवेशन पटक-पटक स्थगित हुनुले संघका सम्पूर्ण विद्यार्थीहरूमा निराशा र कुण्ठा उत्पन्न भएको छ । नेविसंघलगायत कांग्रेसका महत्वपूर्ण भ्रातृ संस्थाको महाधिवेशन पटक-पटक स्थगित हुँदा नेपाली कांग्रेसको प्रजातान्त्रिक छवि र प्रतिष्ठामा पनि गम्भीर धक्का लागेको छ । पार्टीमा आबद्ध  शुभेच्छुक बीचमा यो विषय रमाइलो व्यङ्य थलाे बनेको छ । 

विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययन गर्ने विद्यार्थीको संगठन हाे नेविसंघ । सामाजिक अन्याय र शोषण विरुद्ध, स्वतन्त्रता, न्याय र ऐक्यवद्धताका पक्षधर, विधिको शासन, राष्ट्रियता, लोकतन्त्र, समाजवाद विद्यार्थी एकता राजनीतिक रणनीतिक आधार हो ।   

नेतृत्वविहीन रहिरहँदा अब नेविसंघ गतिहीन अवस्थामा पुग्ने त होइन भन्ने धेरैकाे चिन्ताको विषय बनेको छ । पछिल्लोपटक विविध कारणले नेविसंघको महाधिवेशन पटक-पटक स्थगित हुनुले संघका सम्पूर्ण विद्यार्थीहरूमा निराशा र कुण्ठा उत्पन्न भएको छ । नेविसंघलगायत कांग्रेसका महत्वपूर्ण भ्रातृ संस्थाको महाधिवेशन पटक-पटक स्थगित हुँदा नेपाली कांग्रेसको प्रजातान्त्रिक छवि र प्रतिष्ठामा पनि गम्भीर धक्का लागेको छ । पार्टीमा आबद्ध  शुभेच्छुक बीचमा यो विषय रमाइलो व्यङ्य थलाे बनेको छ । के संस्थापकहरूकाे बूढेसकालसँग नेविसंघ पनि उनीहरूकै उमेरसँगग डाेरिँदै जाने हाे ? 

देशका प्रजातान्त्रिक एवं परिवर्तनकारी युवालाई ऊर्जावान् बनाउने यो क्रान्तिको झिल्काेबाट निर्मित संस्था यस राष्ट्रकै भविष्य र अस्तित्वसँग जोडिएको छ र यस्तो संस्थामा कमजोर, गुटबाज र चाकरी–चाप्लुसी गर्ने अनि अनेकथरी षड्यन्त्र गरी आफूलाई मात्र स्थापित गर्न खोज्ने गलत नेतृत्व यस महान् संस्थामा हाबी भइरह्ये वा खालि भइरहने हाे भने नेपाली युवा वर्गको भविष्य र राष्ट्रकै स्थिरतामाथि कुठाराघात हुन जानेछ ।

पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा नेविसंघ विघटन गरियो । ताेकिएकाे समयमा महाधिवेशन गर्न नसकेर नेविसंघ सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन छ । विधानत समयावधि पनि थपिएकै हाे तर आन्तरिक किचलाेका कारण उपलब्धी भएन । विघटनपछि धेरै विद्यार्थी नेताहरू कांग्रेस नेताका घर-घरमा 'जयनेपाल दाजु र दिदी' भनेर लबिङका लागि पुगिरहेका देखिन्छन् । नेता भेट्न जानू अन्यथा हाेइन तर गुट-गुट बनेर गुटकाे नेतापिच्छे पुग्नुले नेविसंघ  पनि कहाँ पुग्छ भन्ने चाहिँ चिन्ताकाे विषय हाे । 

कांग्रेस केन्द्रीय कार्यसमितिमा तदर्थ समिति गठन गरेर नेतृत्व कसलाई दिने भन्ने बारेमा विवादले अहिलेसम्म छिनोफानो नहुँदा नेविसंघ पनि छर भन्ने अवस्था सिर्जना आएकाे हाे । तदर्थ समितिको नेतृत्वका लागि तैँ र मैँ हुनपर्छ भनेर विद्यार्थी नेताहरुको गणेशप्रवृत्ति दौडधुप चलिनै रहेको छ । तदर्थ समितिको संयोजकमा महिना नेतृहरुको पनि दाबी र माग छ ।

अबको नेविसंघले माइतिघर, पुतलीसडक, रत्नपार्क र प्रदर्शनीमार्गको सडक तताउने होइन, देशभरका स्कुल र कलेजका विद्यार्थीका लागि शैक्षिक र वैचारिक अभियान थाल्नुपर्छ । नत्र केही वर्षपछि नेविसंघ र अन्य विद्यार्थी संगठनको औचित्य र सान्दर्भिकता समाप्त हुनेछ । विद्यार्थी संगठनको नेतृत्व भनेको प्राज्ञिक क्षेत्रको पनि नेतृत्व हो ।

सभापति देउवानिकटका राजिव ढुङ्गाना, सरोज थापा, ऋषिकेशजङ्ग शाह, शुभराम बस्नेत, प्रेमराज जाेशी लगायतले अध्यक्षको दाबी गरेका छन् भने पौडेल पक्षबाट मनोजमणि आचार्य, मोति भण्डारी, दिपक भट्टराई, हिमालदत्त श्रेष्ठलगायतका नेताहरु मुख्य आकांक्षी देखिएका छन् । त्यसैगरी सिटौला पक्षबाट कुन्दनराज काफ्ले, बलदेव तिमिल्सिना, सुशील भट्ट, युवराज पाण्डेय, लगायतले अध्यक्षको दाबी गरेका छन् । 

अब नेविसंघबारे सबैले छातीमा हात राखी मन, वचन र कर्मले यसको गौरवमय उज्यालो इतिहासलाई पुनस्र्थापित गर्दै नेपाली युवा वर्गलाई एक्काईसौँ शताब्दीमा एक ऊर्जावान् र गतिशील भविष्य प्रदान गर्न सकोस्, । तर यसको लागि त अविलम्ब महाधिवेशन नै  सम्पन्न हुनैपर्छ । नयाँ मौलिक र समकालीन विश्व स्थितिको सही आकलन गरि शैक्षिक लगायत अन्य नीति र कार्यक्रम निर्माण गर्ने नेतृत्व आउनुपर्छ ।

अबको नेविसंघले माइतिघर, पुतलीसडक, रत्नपार्क र प्रदर्शनीमार्गको सडक तताउने होइन, देशभरका स्कुल र कलेजका विद्यार्थीका लागि शैक्षिक र वैचारिक अभियान थाल्नुपर्छ । नत्र केही वर्षपछि नेविसंघ र अन्य विद्यार्थी संगठनको औचित्य र सान्दर्भिकता समाप्त हुनेछ । विद्यार्थी संगठनको नेतृत्व भनेको प्राज्ञिक क्षेत्रको पनि नेतृत्व हो ।

त्यसले पनि समसामयिक विषयमा आफ्नो भिजन दिन सक्ने क्षमता राख्न सक्नेलाई महाधिवेशन गर्न समयावधि ताेकेर नेतृत्व दिनुपर्छ । नेतृत्व चयन प्रक्रियामा रहेको नेविसंघले पनि आफ्ना नेता चयन गर्दा कसको मान्छे भन्ने होइन, कस्तो मान्छे भनेर सोच्न आवश्यक छ । नेताको नजिक टाढा भएकोलाई नेतृत्व चयनको आधार मान्ने हो भने नेविसंघ विस्तारै असान्दर्भिक संगठनको रूपमा हराउँदै जान सक्छ । 

तदर्थ समितिको गठन गर्न माग गर्दै संघका नेता र कार्यकर्ताले पार्टी कार्यालय सानेपामा तथा नेताका घर घर गएर धर्ना दिएर मातृ पार्टीलाई दबाब दिइरहनुपर्ने अवस्थाकाे छिट्टै अन्त्य जरूरी छ । विद्यार्थीहरू १२ औं महाधिवेशन छिटाे सम्पन्न गरे नयाँ जाेश, नयाँ नेतृत्वकासाथ काम गर्न आतुर छन् । त्यसैले तदर्थ समिति कसरी बनाउने, कसलाई नेतृत्व दिने भन्नेबारे नेताहरुबीच मतभेद अन्त्य गर्दै सबैसँग आवश्यक परामर्श गरेर  समझदारीमा पुग्नु जरुरी छ । अन्यथा नेविसंघकाे औचित्य र आवश्यकता पुष्टी गर्न मुस्किल पर्दै जानेछ भने नयाँ नेतृत्वको विकासमा समेत बाधा पुग्न जाने स्पष्ट । 

गाउँ सहर डेस्क

तपाईँको मत