प्रदेश न्वारनको नौटंकी, ३ हुँदा ४ किन बाँकी ?
समय र खर्च - स्वाहाः
- गाउँ सहर डेस्क
- ४ बैशाख बुधबार, २०७६ | १०:२०:०० मा प्रकाशित
काठमाडौँ । नयाँ सविधान जारी भएको करिब ४ वर्ष भएको छ । संवैधानिक व्यवस्था अन्तर्गत सबै चुनाव भएको पनि २ वर्ष पुग्न लागेको छ । स्थानीय सरकार संचालन ऐन आएको पनि १ वर्ष भइसकेको छ र आवश्यक कानूनहरु लगभग आइसकेका र केही क्रममै छन् । लगभग बाटाहरु सबै स्पष्टहुँदा पनि प्रदेश नामाकरणमा पूर्णता नआउनु उल्का भएको छ ।
सोही नाममा छुट्याइएका समय र खर्च थामिनसक्नु छ तर अझै ४ प्रदेशको नामाकरण बाँकी छ । एउटा कुरा बुझे कि बुझेनन्, जन्मेको बच्चालाई नाम ९—११ दिनमा नाम दिइन्छ, उनको/उसको नामाकरण हुन्छ अनि अरु कुरा अगाडि बढ्छ । तर यहाँ उल्का यो छ कि अहिलेसम्म १, २....! गर्नचाहिँ त्यहाँ बसेर के गरेका छन् ? अनुत्तरीत छ ।
कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेश नामाकरण भएका छन भने १,२,३ र ५ प्रदेशका नाम अहिलेसम्म बनेका छैनन् । भनिन्छ बहस, छलफलहरु भइरहेका छन् मात्र ।
प्रदेश १ मा पहाडमा किरात समुदाय अर्थात राई र लिम्बु समुदायको ऐतिहासिक थाकथलो र तराईमा कोच समुदायको इतिहास बसेको प्रदेशको नाम के राख्ने भन्ने अहिलेसम्म टुंगो छैन । मुख्यमन्त्री शेरधन राईका अनुसार प्रदेशको नाम र राजधानीका बारेमा छलफल चल्दैछ ।
प्रदेश १ को नामका बारेमा प्रदेशसभाका सदस्यहरु पनि विभाजित छन् । माथिल्लो पहाडी क्षेत्रका सांसदहरु सगरमाथा प्रदेश राख्नुपर्ने पक्षमा छन् । तल्लो भेगका सांसदहरु कोशी प्रदेशको पक्षमा छन् । विगतमा माओवादीले किरात, लिम्बुवान र कोचिला प्रदेश भन्ने गरेको भूभाग अहिले सिंगै १ नम्बरमा छ ।
प्रदेश २ मा मधेशका आठ जिल्ला समेटिएको प्रदेश २ को नाम मधेश प्रदेश राख्नेबारे छलफल भएको छ । तर मधेश प्रदेश नाम राख्दा मधेशवादी दललाई लगाउने गरेको आरोप पुष्टि हुने भएकाले अरुनै नाम राख्नेबारे पनि छलफल भइरहेको बताइन्छ ।
त्यसैले मिथिला प्रदेश वा मिथिला भोजपुर प्रदेशमा पनि छलफल भइरहेको छ । नाम मै यो प्रदेशपनि अड्किएको छ ।
यस्तै प्रदेश ३ को नाम भन्दा पनि राजधानीको बहस शुरु भएको छ, टुंगो कहिले हो थाहा छैन । राजधानीको टुंगो नलागी प्रदेशको नाममा छलफल नहुनेमा नेताहरु दोहोरी खेलेर बिताइरहेका छन् अधिकांश प्रदेशसभा सदस्यहरु हेटौंडाबाट राजधानी काभ्रे सार्नुपर्ने पक्षमा छन् ।
प्रदेश ३ को नाममा बिभिन्न विकल्पहरु आएका छन् । प्रदेश ३ को नाम बागमती प्रदेश राख्ने सन्दर्भमा सबै दल एक ठाउँमा आउने सम्भावना देखिएपनि निचोड टाढा भइरहेको छ ।योबाहेक नेवाः ताम्सालिङ बागमती प्रदेश, नेवाः प्रदेश र ताम्सालिङ, नेपाल मण्डल प्रदेश, राजधानी प्रदेश र शैलुङ प्रदेशको नाममा समेत छलफल भइरहेको छ ।
प्रदेश ५ मगर, थारु, मधेशी र खसआर्यको मिश्रति बसोबास रहेको यो प्रदेशको राजधानी र नाम दुवैको टुंगो लगाउनुपर्नेछ । प्रदेश राजधानी बुटवल कि दाङ भन्ने विवाद अहिले थाँती रहेको छ । अस्थाई राजधानी बुटवलमा छ ।
प्रदेशको ५ को नाम लुम्बिनी प्रदेश रहने चर्चा चुलिएको छ । यद्यपि लुम्बिनीले निश्चित स्थानको प्रतिनिधित्व गर्ने भएकाले सबैलाई समेट्ने खालको नाम सुझाउन लागिएको बताइन्छ । बुद्धभूमि प्रदेशमा सबैको भावनात्मक एकता हुने देखिएकोमा बहस खारिएको देखिन्छ ।
यसरी हेर्दा ३ वटा प्रदेशको मात्र नामाकरण टुंगिएको छ । अस्थाई र स्थाई राजधानीको छुट्टै पाटो भएपनि सोको स्थान निश्चित नबन्दा प्रदेशका नामहरु पनि अड्किएका छन् । समावेशी नाममा मध्यविन्दु खोजिनुपर्नेमा सबै दलहरु चारतिर फर्कंदा नामाकरणले टुंगो पाउन सकेको छैन । तर, जनताले नेतृत्वको शैलीले व्यवहारीकता नदेखाएको बताइरहेका छन् । भनिरहेका छन, ‘यही नामले अब कतिवर्ष राजनीति गर्छौ अनि विकास कहिले?’
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- विश्व हाँसो दिवस : एउटा मुस्कानले बदल्न सक्छ जीवन
- बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ र बाैद्धनाथ स्तूप (तस्बिरहरू)
- वैशाख १ मा मात्र फूल्ने अनाैठाे फूल ! के भन्छन् वनस्पतिविद्
- सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन LIVE
- आज जन आन्दोलन दिवस मनाइँदै
- पृथ्वीनारायण शाहका दिव्योपदेश : सधैँ सान्दर्भिक
- आनीबाट महिला राइडरसम्म सविना गोले र दुई पाङ्ग्रे क्वीन्सको धादिङ यात्रा
- दशैँ : कुन दिन कसकाे पूजा गरिन्छ, टीका कता फर्किएर लगाउने ?
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
प्रतिकृया दिनुहोस