जीवनशैली

यो हो विवाहपछि पति-पत्नीको सुख र दुःखको कारण

  • एजेन्सी
  • २० चैत बुधबार, २०७५ | २१:३१:०० मा प्रकाशित

न्यूयोर्क । तपाईंको सफल वैवाहिक जीवनमा जीनको अहम भूमिका हुने गर्दछ । यो कुरा हालै एक शोधमा आएको छ । शोधमा यो कुराको संकेत दिइएको छ कि सफल वैवाहिक जीवन आंशिक रुपमा आनुवांशिक कारणबाट प्रभावित हुन्छ र अक्सीटोसिन सामाजिक समर्थनमा मद्यतकारी हुन्छ ।

अक्सीटिोसिनको कार्यपद्धतिसँग जोडिएको कुरा
शोध अनुसार, विशेष जीनमा विभिन्नता अक्सटिोसिनको कार्यपद्धतिसँग जोडिएको हुन्छ । यो समग्र रुपबाट सफल वैवाहिक जीवनमा असर पुर्याउने गर्दछ । जीन साथीबीच समन्वयको लागि पनि महत्वपूर्ण हुन्छ ।

यो शोधमा विभिन्न तरिकाको जीनोटाइप-अक्सीटोन रिसेप्टर जीन (ओएक्सटीआर) का संभावित जीन संयोजन-लाई मुल्यांकन गरिएको थियो । जसले कुनै किसिमका जीवनसाथी एक अर्कालाई सहयोग गर्दछन् । यो सफल वैवाहिक जीवनको निर्धारक हुन्छ । अक्सटिोसिनको नियमनबाट जोडिएको हुने कारणले ओएक्सटीआरलाई लक्ष बनाइयो ।

अमेरिकामा भएको थियो शोध
अमेरिकाको बिंघमटन विश्वविद्यालयका एशोसिएट प्रोफेसर रिचर्ड मैटसनले भने, ‘सफल वैवाहिक जीवनको लागि जीनले प्रमुख भूमिका खेल्छ । किनभने व्यक्तिको लागि जीन प्रासंगिक हुन्छ र व्यक्तिको विशेषता विवाहमा असर पुर्याउँछ ।’
 

एजेन्सी

तपाईँको मत