स्वास्थ्य

हस्तमैथूनः सहि कि गलत ? बुझ्नुहोस् अनि बुझाउनुहोस्

बढ्दो उमेरावस्थासँगैं हस्तमैथून (हातेक्रिडा) यौन सन्तुष्टिको उत्तम विकल्प मानिन्छ । सामाजिक दृष्ट्रिकोण साँघुरो भएरपनि हुन सक्छ हाम्रो समाजमा खुलेर चर्चा गर्ने गरिएको छैन पछिल्ला दिनहरुमा यौंन सन्तुष्टिका लागि मानिसहरुले साथी खोज्नु भन्दा हस्तमैथून वा सेक्स टोयको प्रयोग गरेर यौन आनन्द लिनेको संख्या ह्वात्तै बढेको छ ।

पुरुषले मात्रै हैन महिलाले पनि हस्तमैथून गरेर यौन सन्तुष्टि लिन्छन् । आफ्ना संवेदनशील अंग चलाएर, छोएर, मालिस गरेर तथा आफूलाई मनपर्ने यौन जोडीको कल्पनामा डुबेर पनि हस्तमैथून गर्न सकिन्छ ।

यौनक्रीडा गर्दा महिलाको योनिबाट रसादी निस्किन्छ । हस्तमैथून गरेर महिलाले रसादी निकालेर पनि यौन आनन्द लिने गर्दछन भने पुरुषको वीर्य स्खलन हुन्छ । आवश्यक्ता भन्दा धेरै हस्तमैथून शरीरको लागि घातक पनि हुन सक्छ । यसको असर दाम्पत्य जीवनमा भारी पर्न सक्छ ।

गलत कि सहि ?
यौन उत्तेजनालाई नियन्त्रण गर्नको लागि हस्तमैथून वा अन्य कुनै तरिका अपनाउनु आफैंमा गलत भने होईन । यदी कुनैपनि व्यक्तिको मनमा यौन एक सपना बनेर रहन्छ त्यो व्यक्तिले जस्तोसुकै कदम पनि चाल्न पछि नपर्ने मानसिक रोग विशेषज्ञहरुको दाबी छ । एक अध्ययनले यो पनि देखाएको छ कि बलात्कार जस्ता यौंन हिंसा सम्बन्धी अपराध कम गर्नको लागि कुनैपनि मानिसलाई यौनका बारेमा राम्रोसँग जानकारी हुनुपर्दछ । विकल्पको रुपमा हस्तमैथुन अचुक वाण बनेको छ ।

हरेक क्रियाकलापको फाइदा र बेफाइदा हुन्छन् । हस्तमैथून क्रियाकलापको फाइदाको रुपमा एकल यौन सन्तुष्टि वा सहपाठीसँगको सन्तुष्टिलाई लिन सकिन्छ । यसको बेफाइदा, आफ्नो यौन जोडीमा असन्तुष्टि पैदा हुन्छ ।

फाइदा-बेफाइदा ?
हस्तमैथूनको अभ्यास गर्ने पुरुषमा शिघ्र स्खलनको समस्या हुन्छ । पुरुषमा हुने शीघ्र स्खलनका कारण यौन जोडीबीच यौन सन्तुष्टि हुँदैन । बढी हस्तमैथून गर्दा यौन अंगमा संक्रमण हुने, शीघ्र पतन हुने समस्या हुन्छ । हात तथा यौनाङ्गमा भएका फोहोरका कारणले महिला तथा पुरुषमा यौनाङ्गको संक्रमण हुने जोखिम हुन्छ । हस्तमैथूनका कारणले भिरिङ्गी, एड्स र सिफिलिसजस्ता यौन रोगको जोखिम हुन्छ । यौनाङ्गमा घाउ खटिरा लगायतको जोखिम हुन्छ ।

हस्तमैथूनलाई नै यौनक्रीडाको रुपमा व्यवहार गर्दा यौन जोडीहरुमा शंकाको भावना उत्पन्न हुन्छ । निरन्तर हस्तमैथून गर्नाले यौन क्रीडामा हुने असक्षमताले गर्दा यौन जोडीबीच सम्बन्धविच्छेद हुने सम्भावना पनि बढेको घटनाहरुले देखाएको छ ।

महिलामा पनि नियमित हस्तमैथून गर्दा यौन क्षमतामा कमी आउँछ । तसर्थ, कुनै पनि व्यक्ति तथा यौन जोडीले हस्तमैथूनलाई यौन क्रीडाको वैकल्पिक उपायको रुपमा लिनु हुँदैन । सकभर हस्तमैथूनलाई निरुत्साहित गर्दा राम्रो । यौन जीवनमा समेत असर गर्ने भएकाले नियमित र लामो समय हस्तमैथून गर्नु राम्रो नहुने विज्ञको सुझाव छ ।

दैनिक हस्तमैथून गर्नाले पुरुषको शुक्रकीट वयस्क हुन पाउँदैन र वयस्क नभएको शुक्रकीटले यौन जोडीबीच यौन सम्पर्क हुँदा डिम्बसँग निषेचित हुन सक्दैन । तसर्थ, पुरुषको शुक्रकीट र महिलाको डिम्ब निषेचित हुन नसकी बाँझोपनको सम्भावनासमेत हुन्छ तर महिलामा भने यो अवस्था लागू हुँदैन । महिलाले गर्ने हस्तमैथूनले बाँझोपनको समस्या ननिम्त्याउने विज्ञ बताउँछन् ।

हस्तमैथून गरेर मानसिक रुपमा बिना साथीपनि एकल वा यौन जोडीबीच आनन्द लिन मात्र सकिन्छ । एजेन्सीको सहयोगमा

 

गाउँ सहर डेस्क

तपाईँको मत