विश्व

किम जङ-नामको हत्यामा सन्दिग्ध महिला रिहा

  • एजेन्सी
  • २७ फाल्गुण सोमबार, २०७५ | १६:३०:०० मा प्रकाशित

उत्तर कोरियाका नेता किम(जङ अनका सौतिनी दाजु किम जङ-नामको हत्याको आरोप लागेकी एक इन्डोनेशियाली महिलालाई मलेशियामा रिहा गरिएको छ।

उनीविरुद्ध लागेका अभियोगहरू फिर्ता भएपछि सिती ऐस्याहलाई छोडिएको हो।

उनलाई सन् २०१७ को फेब्रुअरीमा क्वालालम्पुर विमानस्थलमा किम जङ(नामको मुखमा भीएक्स नर्भ एजेन्ट भनिने विषालु पदार्थ दलिदिएको आरोप लागेको थियो।

ऐस्याह र अर्की भियतनामी महिला द्वान ती ह्यूङले हत्याको अभियोग अस्वीकार गरेका थिए। आफूहरू एउटा टीभीका लागि गरिएको प्र्याङ्क अर्थात् उटुङ्गो काममा सहभागी भएको उनीहरूको दाबी थियो।

दुई वर्षअघि क्वालालम्पुरको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सो हत्याले धेरैलाई आश्चर्यचकित पारिदिएको थियो।

धेरै महिनाको विलम्बपछि मुद्दामा प्रतिवादी पक्षको सुनुवाइ सुरु हुन लागेको थियो। सोमवार ह्यूङको बयान हुन लागेको थियो।

तर कुनै कारण नखुलाई सो मुद्दा हेरिरहेका अभियोजनकर्ताले सिती ऐस्याहलाई लगाइएका अभियोगहरू फिर्ता गर्ने अनुरोध गरे।
 

एजेन्सी

तपाईँको मत