स्वास्थ्य

हातको रंगले बताउँछ तपाईंलाई कुन रोग छ भनेर !

काठमाडौँ । विश्वास नमान्नू आफ्नै ठाउँमा छ तर हस्तरेखाले तपाईंका हरेक कुराहरुलाई प्रष्ट दर्शाउने विज्ञहरुले राय प्रस्तुत गरेका छन् ।

राम्रो र नराम्रो दिन आउनुभन्दा पहिले हातको रंग परिवर्तन हुने उनीहरुले बताएका हुन् । यदी तपाईंको हातको रंगमा परिवर्तन भइरहेको छ भने यो कुरामा विचार गर्नुहोस् । थोरै सावधानी अपनाउँदा तपाईं ठूलो दुर्घटनाबाट बच्न सक्नुहुन्छ ।

हस्तरेखा विशेषज्ञका अनुसार यदि तपाईंको हात गुलाबी र धब्बा छ भने तपाईंको स्वास्थ्य सामान्य मानिन्छ । यस्तै व्यक्ति आशावादी र खुसी हुन्छ । यदी हातका रंग क्रमशः हल्का रातो हुँदै गइरहेको छ भने यो समस्याको संकेत बुझ्नुपर्छ, तपाईंलाई उच्च रक्तचापको समस्या हुन सक्छ । रातो रंगको हत्केला भएका मानिसहरु आफ्नो रिस नियन्त्रण गर्न सक्दैनन र सानो कुरामा पनि आवेशमा आइहाल्छन् । यदी हत्केलाको रंग क्रमशः पहेँलो हुँदै गएको छ भने यो शरीरमा रक्तको कमी भइरहेको संकेत हो ।

यस्ता मानिसहरुमा एनिमियाले आक्रमण गरेको हुनसक्छ । हातको पहेँलो रंगले शरीरमा पित्तदोष र रोगग्रस्त भएको संकेत दिन्छ । यस्ता व्यक्तिहरुको स्वभाव स्वार्थी र चिड्चिडे हुने गर्दछ । यदी हातको रंग निलो हुन थाल्यो भने यसको अर्थ शरीरमा रक्त सञ्चारको गति धिमी छ र भित्र आलस्यता भरिएको हुन्छ ।

यदी हातको रंग गुलाबी छ भने व्यक्ति स्वस्थ र स्वभावी दुबै दृष्टिबाट राम्रो मानिन्छ । ज्योतिष एवं स्वास्थ्यको दृष्टिबाट हत्केलाको यस्तो रंग उत्तम मानिन्छ । तर हत्केला रातो रंगले भने उग्रतालाई प्रदर्शित गर्ने हुन्छ । कयौँ पटक यस्ता मानिसहरु रिसको सीमा कटाएका घटना हामीमाझ छन् । उनीहरु कुटपिटमा उत्रिहाल्ने संभावना बढी हुन्छ । यस्ता मानिसहरु मिर्गी रोगको शिकार पनि हुन सक्छन् । विभिन्न एजेन्सीको सहयोगमा गाउँ सहर डटकम ।

प्रकाशित जानकारीमा हाम्रो कुनै दावी छैन कि यो पूर्णतया सत्य र सटिक छ भनेर । तर यसलाई अपनाए अपेक्षित परिणाम मिल्नेछ । यसलाई सामान्य जनरुचीको विषय मानेर प्रस्तुत गरिएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत