विश्व

भेनेजुएलाका विपक्षी नेता ह्वान ग्वाइदो स्वदेश फर्के

  • एजेन्सी
  • २१ फाल्गुण मंगलबार, २०७५ | १०:३९:०० मा प्रकाशित

भेनेजुएलाका विपक्षी नेता ह्वान ग्वाइदो स्वदेश फर्केका छन् । यस अघि अदालतले देश छाड्न लगाएको प्रतिबन्ध बेवास्ता गर्दै विदेश पुगेका थिए ।

भेनेजुएलामा राजनीतिक र मानवीय सङ्कट चुलिएसँगै आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका उनी आदेश उल्लङ्घन गरेका कारण पक्राउ पर्नसक्ने जोखिममाझ देश फर्केका हुन्।

दश दिनअघि उनी सीमापार जम्मा भइरहेका मानवीय सहायता भित्र्याउन भन्दै देशबाट निस्केका थिए र कोलम्बियामा आयोजित क्षेत्रिय नेता एवं अमेरिकी उपराष्ट्रपति सहभागी एक बैठकमा समेत सामेल भए ।

राजधानी कराकासस्थित साइमन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न अमेरिका र युरोपेली देशका कूटनीतिज्ञहरू पुगेका थिए।

कराकासका सडकमा हजारौं उत्साही समर्थकहरूले उनको नाम र 'हो हामी सक्छौ' भन्दै नाराबाजी गरेका थिए। 

 

एजेन्सी

तपाईँको मत