स्वास्थ्य

यो एक चिज जसले तपाईंको सेक्स जीवन थप रोमाञ्चक बनाउँछ

सेक्स यस्तो चिज हो विशेष गरी महिलाको सन्दर्भमा शारीरिक स्वरुपको कारण असहज बनाउन सक्दछ । यदी तपाईं आफ्नो शरीरलाई लिएर आफैँ असहज महशुष गर्नुहुन्न भने स्पष्ट बताउन सकिन्छ कि साथीको नजिक आउनमा संकोच महशुष हुन्छ र यो सबै कुराबाट तपाईंको सम्बन्धमा असहजता आउन सक्छ र साथीसँग जोडिनको लागि सहज हुन सक्नुहुन्न ।

यसको कारण तपाईंको सेक्स लाइफ प्रभावित र सन्तुष्टि महशुष हुँदैन । विज्ञ र थेरापिस्टका अनुसार केवल एक चिज गरेर तपाईं आफ्नो सेक्सुअल एक्सपीरियन्सलाई थप रोमाञ्चक बनाउन सक्नुहुन्छ । त्यो हो साथीको तारीफ । सुन्दा सानो कुरा भएपनि यसो गर्नाले तपाईं आफ्नो सेक्स लाइफमा धेरै नै अन्तर पाउन सक्नुहुन्छ ।

जर्नल अफ सेक्स एण्ड मेरिटल थेरापीमा प्रकाशित एक शोधमा १८ देखि ३० वर्ष बीचका करिब २०० महिलाहरुमा गरिएको अध्ययनबाट यो तथ्य आएको हो । अध्ययनको दौरानमा महिलाहरुलाई सोधिएको थियो, ‘तपाईं शरीरको बारेमा कस्तो महशुष गर्नुहुन्छ ?’ भनेर ।

२०० महिलामा गरिएको गहिरो अध्ययनमा प्रतिवद्ध सम्बन्धमा रहेकामा अध्ययन गरिएको थियो । यो अध्ययनका क्रममा अनुसन्धानकर्ताले महिलाबाट उनका सेक्स लाइफसँग जोडिएका कयौँ प्रश्न गरेका थिए । त्यससमा सेक्सको भित्रि इच्छा कतिपटक हुन्छ ?, उत्तेजनाको स्तर कस्तो छ ?, लुब्रिकेशन, कतिपटक आर्गेज्म महशुष हुन्छ ?, सेक्सको समयमा सन्तुष्टि महशुष हुन्छ कि हुँदैन ?, इन्टरकोर्षको समयमा दुखाईको अनुभव हुन्छ या हुँदैन ? जस्ता प्रश्नहरु सोधिएका थिए । 

अध्ययनको नतिजाले जुन महिलाहरुको साथीले उनको लुक्स र बडीलाई लिएर तारीफ गरे ति महिला अरु महिलाभन्दा सन्तुष्ट महशुष गरेका थिए र उनीहरुको सेक्स ड्राइभ अर्थात कामेच्छा पनि अन्य महिलाहरुको तुलनामा बढी थियो । अध्ययनको यो नतिजाले यो कुरामा जोड दिएको छ कि पुरुष जो आफ्नो साथीलाई सम्बन्ध जोडिने समयमा सहयोगी बन्छन सो समयमा महिलामा कामेच्छा दोब्बर भएर जाने गर्दछ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत