प्रेरणा

क्यामेरा देख्नेवित्तिकै बन्छ पाउट, यसरी छुटाउन सकिन्छ आफ्नो बानी

VideoHive

तपाईं कोहिसँग कुरा गर्दै वा व्यस्त हुनुहुन्छ वा अचानक नजिकै सेल्फी खिच्न आउँछ भने तुरुन्तै फोटोको लागि मुस्कुराउनुहुन्छ । यस्तै केही मानिस एउटा निर्धारित पोजमा आइहाल्छन वा क्यामेरा देख्ने वित्तिकै स्वतस्फुर्त रुपमा पाउट बन्दछन् । खानापिनाको मामलामा पनि यस्तै हुन्छ । फ्रिज खोल्ने वित्तिकै केही मानिसलाई चकलेट खाइहालाैँ हुन्छ । एक अध्ययनमा यो कुरा आएको छ कि हाम्रो बानी कुनै खास परिस्थितिबाट प्रभावित हुन्छ । आउनुहोस, तपाईंलाई अध्ययनको विस्तार बताउँछौँ ।

एक अध्ययनमा देखाइएको छ कि फिल्म हेरेको समय केहीलाई पपकर्न खाने तिब्र इच्छा हुन्छ । मिटिङ्गमा कसैलाई कफी पिउने इच्छा हुन्छ । तर तपाईं स्मोकर हुनुहुन्छ भने कामलाई रोकेर भएपनि चुरोट पिउनुहुन्छ । कुनै लतमा परिस्थिति हावी किन हुन्छ? यसकारण कि कुनै चिजको बानी हुँदा दिमागको बोझ कम हुने गर्दछ । दिमागलाई पहिलेबाटै थाहा हुन्छ कि त्यो खास परिस्थितिमा कस्तो क्रिया गर्नु पर्छ ।

बानी किन लाग्छ ?
टाइममा छापिएको एक लेखका अनुसार स्टैनफर्ड यूनिर्भसिटीका मनोविज्ञानका प्रोफेसर रशेल पोल्ड्रकका अनुसार— हामीलाई कुनै चिजको बानी यसकारण लाग्छ किनभने हाम्रो मस्तिस्क बिना मेहनत गरिएको कुनै काम गर्न सिकिन्छ । सोच्नुहोस, यदि तपाईं हरेक विहान टूथपेष्टको नयाँ ब्रान्ड चुन्ने या हरेक पटक आफ्नो फोनमा नयाँ होमस्क्रीन देखाउन होस या हरेक दिन तपाईंलाई नयाँ बाटोबाट अफिस जान होस् ।

यसरी छुटाउनुहोस बानी 
यो कुरा जानेपछि कुनैपनि चिजको लत छुटाउन सहयोग अवस्य पुग्नेछ । तपाईंलाई त्यो परिस्थितिमा ध्यान दिनु आवश्यक छ, जसबाट तपाईंको बानीबाट छुटकारा मिल्दछ । जस्तो फ्रिज खोल्दा चकलेट खान मन परे फ्रिजमा चकलेट नै राख्न बन्द गर्ने । ब्रेक टाईममा सिगरेट खाने मन हुँदा चुइंगमको प्रयोग गर्ने । यो बानी लगाउन ६६ दिन लाग्ने टाइममा छापिएको लेखमा बताइएको छ ।

यदी तपाईंको बानी कुनै खास परिस्थितिसँग सम्बन्धित छैन भने तपाईं छुटकारा पाउन सक्नुहुन्छ । अधिक आदतहरु तनावको कारण देखिने भएकाले तनाव कम लिएकै राम्रो । एजेन्सीकाे सहयाेगमा 
 

गाउँ सहर डेस्क

तपाईँको मत