विश्व

भाईरलः सिरकसँग महिलाको बस्यो माया, अब हुँदैछ विवाह

विवाहको मौसम छ, कोही सुरु गर्दै हुनुहुन्छ त कोही दिन पर्खिरहनुभएको होला । तर एउटा यस्तो विवाह यतिसम्म चासो बनिरहेको छ कि तपाईंले यो सुनेर छक्क पर्नुहुनेछ । कुरा इंग्ल्याण्ड डेवोन शहरकी पासकल सेलिक कुनै केटासँग होइन कि एउटा सिरक (राजाई) सँग विवाह गर्न गइरहेकी छन् । यो सिरकलाई अंग्रेजीमा डुभेट भनिन्छ जसमा सेन्थेटिक फाइबर र फेदर हुन्छ । ४९ वर्षिया पासकलले धूमधामसँग विवाह गर्ने योजना बनाएकी छन् । विवाहमा नाचगाना, खाना सबै हुनेछ र यो विवाहको निम्तो कार्डपनि छापिसकिएको छ ।

उनले आफ्नो ओछ्यानसँग जोडिएको एक भिडियो बनाएकी छन्, जसमा उनले भनेकी छन् । मानिसहरु यो विवाहलाई आंकलन वा जाँच गर्नेछन, तर यस्ता कोही छैनन जो सिरकबीना रहन सक्छन् । डेवोन लाइभलाई दिएको अन्तर्वार्तामा पासकलले भनिन्, ‘मेरो सिरक (राजाई) सँग अचम्मको सम्बन्ध छ । डुभेट सँधै मेरो साथमा रहन्छ र मलाई हग दिन्छ । म आफ्नो सिरकसँग यति धेरै माया गर्छु कि मानिसहरुलाई भूलेर योसँग विवाह गर्न चाहन्छु ।’

उनीहरुको विवाह १० फेब्रुअरीमा डेवोनस्थित द ग्लोरियस आर्ट हाउसमा हुनेछ ।

यो विवाहको लागि पासकलले एक ड्रेसकोड राखेकी छन् जुन विवाहमा आउने हरेक पाहुनाले फलो गर्नुपर्ने छ । पाहुनालाई ड्रेसकोडमा गाउन, पाइजामा र स्लीपर लगाएर आउन भनिएको छ । साथै टेडी बियर र ह्वाइट वाटर बोटल्सपनि ल्याउन अनुरोध गरिएको छ । यतिमात्र होइन पासलक विवाहपछि सिरकसँग हनीमून जाने योजनामा छिन् । पासकल र डुभेटको विवाहलाई लिएर सोसियल मिडियामा भाइरल भइरहेको छ । एजेन्सीको सहयोगमा 


 

गाउँ सहर डेस्क

तपाईँको मत